
काठमाडौँ,असाेज-२५, राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सबिता पौडेलसहित बडा दशैँ २०८१ का अवसरमा शुक्रवार काठमाडौँ उपत्यकाका विभिन्न शक्ति पीठको दर्शन एवम् पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन् ।

उक्त अवसरमा राष्ट्रपति पौडेलले उपत्यकाका प्रमुख शक्तिपीठमध्ये नक्साल भगवती, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नरदेवी, रक्तकाली, इन्द्रायणी र शोभाभगवतीको पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका हुन ।

आश्विन शुक्ल पक्ष शक्तिस्वरुपा दुर्गा भवानीको विशेष आराधना गर्ने पर्वका रूपमा लिइन्छ । यस अवसरमा देवीको पूजा, पाठ एवम् दर्शन गर्न भक्तजन मन्दिर पुग्ने गर्छन् ।

बडा दशैँका सन्दर्भमा आज काठमाडौँ उपत्यकालगायत देशभरका शक्तिपीठमा पूजा अर्चनाको लागि भक्तजनको घुइँचो लागेको छ।









