
रामबाबु खड्का / सर्लाही
असाेज -२५,चलचित्र ‘छक्का पञ्जा–५’ले सिरिजमा नै उच्च ओपनिङ गरेको दावी गरेपनि मधेसका सिनेघरमा त्यस्तो देखिएनन् ।
हिजो फूलपातीबाट प्रदर्शनमा आएको चलचित्र छक्का पञ्जा ५´ले अघिल्ला चार सिरिजको भन्दा धेरै ग्रस कलेक्सन गरेको निर्माता पक्षको दाबी छ।
‘छक्का पञ्जा–५’का कलाकार तथा निर्माता दीपकराज गिरीले ‘छक्का पञ्जाले अघिल्लो ओपनिङको रेकर्ड तोडेको र हिजो पहिलो दिनै एक करोड ७० लाख ग्रस कलेक्सन गरेको बताए ।

यो क्रम अझ उकालो लाग्ने र हलमा चलचित्रमा लामो समय टिक्ने बताउनु भयो।
तर,सर्लाहीका सिनेघरमा भने हिजो भन्दा आज छक्का पञ्जा ५´ का दर्शक आधा घटेको सहजै अनुमान लगाउन सकिन्छ । लालबन्दीका दुई सिनेघर र बरहथवामा रहेको चलचित्र घरमा हिजोको तुलनामा ३० प्रतिशतले दर्शक घटेका छन। यो अवस्था कायम रहेछक्का पञ्जा ५´ एक सातासम्म हलमा टिक्नेमा शंका छ। हरिवनमा रहेको सिनेघर भने हिजो र आज दुवै दिन हाउस फुल छ।छक्का पञ्जा ५ ले´ विगतका चलचित्रमा जस्तो कथावस्तु प्रस्तुत गर्न नसकेको र कमेडी पनि कमजोर प्रस्तुत गरेको दर्शकको भनाइ छ। चलचित्र हेरेर बाहिर निस्केका दर्शकले चलचित्रमा दिपाश्रीको भुमिका नभएकाले पनि चलचित्र खल्लो महशुस भएको प्रतिक्रिया दिएका छन। कलाकार तथा निर्देशक दीपाश्री निरौलाको निर्देशन रहेको चलचित्र ‘छक्का पञ्जा ५’ मा कलाकारहरु दीपकराज गिरी, केदार घिमिरे माग्नेबुढा ,वर्षा सिवाकोटी,राजाराम पौडेल, लोकेन्द्र लगायतले अभिनय रहेका छन । आमा सरस्वती मुभिज र आएमईको प्रस्तुतीमा निर्माण भएको सिनेमाको मुख्य भुमिकामा दिपकराज गिरी , वर्षा सिवाकोटी र माग्ने बुढा रहेका छन। छक्का पञ्जा ५ को तुलनमा विराज भट्टको निर्देशनमा बनेको१२ गाउँ´ ले मधेसका जिल्लामा दर्शक तानेको छ।

हिजो फुलपतीको दिन भन्दा आज ३० प्रतिशतले दर्शक बढेको बताएको छ । बरहथवामाछक्का पञ्जा५´ ले भन्दा चलचित्र१२ गाउँ´ले दर्शकलाई आकर्षित गरेको देखिन्छ ।छक्का पञ्जा ५´ ले उपत्यका भित्र राम्रो व्यापार गरेको भएपनि उपत्यका बाहिर सोचको जस्तो लक्ष्य हासिल गर्न सकेको छैन। मधेसमा विराज भट्को निर्देशनमा बनेको चलचित्र १२ गाउँ ´ले राम्रो व्यापार गर्ने आँकलन गरिएको छ।

चलचित्र१२ गाउँ´ मा समीर भट्ट, दुई अभिनेत्री पूर्वमिस नेपाल इन्टरनेशनल न्यान्सी खड्का र मोडल सनिशा भट्टराई छन ।न्यानसी र सनिसा समिरले `१२ गाउँ´ बाटै डेव्यु गरी हुन ।









