
सर्लाही,असोज – १८, चितवन राष्ट्रिय निकुञ्जमा हात्तीको आक्रमणबाट सर्लाहीका एक युवा माउतेको मृत्यु भएको छ ।
निकुञ्ज प्रशासाका अनुसार मृत्यु हुनेमा हरिपुर नगरपालिका–६ का ३४ वर्षीय जग्दु सिंह रहेका छन् ।

पसलबाट सामान लिएर सौरहाको हात्ती प्रजनन केन्द्र जाने क्रममा बिहिवार बेलुका हात्तीको आक्रमणबाट उनको मृत्यु भएको हो ।
साथमा रहेका एक जना भने भागेर बाँच्न सफल भएका निकुञ्जका प्रमुख डिलबहादुर पुनमगरले जानकारी दिए ।











