काठमाडौँ ,असाेज-१२, कोशी, बाग्मती, नारायणी, तिनाउ र अन्य १० सहायक नदीहरूमा जल सतह खतरा स्तर भन्दा माथि रहेको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।


यी नदीहरूमा जलसतह अझै बढ्न सक्ने भएकाले उपत्यका, मकवानपुर, सर्लाही र रौतहटको नदी तटीय क्षेत्रमा बाढीको उच्च जोखिम रहेको महाशाखाले जनाएको छ ।


महाशाखाले शनिवार (आज) बिहान दिएको जानकारी अनुसार बाग्मती नदी र काठमाडौँ उपत्यका भई बहने यसका सहायक नदीहरूमा हालको जलसतह खतरा तह भन्दा धेरै माथि रहेको छ ।


नारायणी नदी देवघाटको जलसतह हाल खतरा स्तर माथि रहेको र अझै याे स्तर बढ्ने देखिएकाले चितवन र नवलपरासी पूर्वको नदी तटीय क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।