सर्लाही , असोज –११,जिल्लाको हरिवनमा नेपाली कांग्रेस सर्लाही क्षेत्र नम्बर -३ का क्षेत्रीय सचिवकाे टिपरले किचेर मृत्यु भएको छ ।
प्रहरीका अनुसार मोटरसाइकल चालक हरिवन ७ का ४२ दीपक अधिकारीको मृत्यु भएको हो । मृतक अधिकारी नेपाली कांग्रेस सर्लाहीको सचिव रहेका नेपाली कांग्रेस सर्लाहीले जनाएको छ ।क्षेत्रीय सचिव अधिकारी निधनले आफूलाई अत्यन्तै दुःखी तुल्याएको नेपाली कांग्रेस सर्लाहीका सभापति सुरेन्द्र प्रसाद सिंहले चियाेचर्चाे खबरसंग बताए । सभापति सिंह सचिव अधिकारी निधनले पार्टीमा ठुलो क्षति पुगेको बताउदै परिवारजन प्रति समवेदना प्रकट गरेका छन् ।
शुक्रवार दिउँसो ३ बजेको समयमा पूर्वपश्चिम राजमार्ग अन्तर्गत हरिव नगरपालिका वडा नम्बर -११ बासाटोल सडक-खण्डमा पश्चिम बाट पुर्ब तर्फ जाँदै गरेको प्र.२-०३-००१ क ११३७ नम्बरको टिफरले बा.प्र.०२-०३७ प ४४०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक अधिकारी गम्भीर घाइते भएका थिए ।
गम्भिर घाईते अधिकारीलाई उपचारमा लागि नमुना अस्पताल हरिवन लगिएकोमा उपचारको क्रममा ३ बजेर १५ मिनेट जादा चिकित्सकले मृत घोषणा गरेका थिए ।
लाश सोही अस्पतालमा रहेको र ठक्कर दिने टिफर र टिफर चालक बागमती नगरपालिका वडा नं.-४ जिरायतका अन्दाजी २९ वर्षका टेक बहादुर थिङलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ ।