सर्लाही,असोज १० , जिल्लामा गएराति श्रीमानले प्रहार गरेको गोली लागेर श्रीमतीको मृत्यु भएको छ,भने बुबा घाइते भएका छन ।
हरिपुर्वा नगरपालिका -५ घर भएका ३० वर्षीय धिरेन्द्र रायले प्रहार गरेको गोली लागेर २५ वर्षीया श्रीमती चित्रलेखा रायको घटनास्थलमा नै मृत्यु भएको हो ।
गोली लागेर ५३ वर्षीय बुबा दिनेश राय पनि घाइते भएका छन। श्रीमतीलाई टाउकोमा र बाबुलाई दाहिने हातमा गोली प्रहार गरको बताएको छ ।
धिरेन्द्र बुधवार रातिमात्रै वैदेशिक रोजगारीबाट घर फर्किएका थिए। घाइतेको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ।
हत्यामा संलग्न भनिएका धिरेन्द्र फरार रहेकाले खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ। मृतक महिलाको शव घटनास्थलमानै छ।