लालबन्दी,असाेज-८,बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दन राज काफ्लेले विभिन्न आन्दोलनका माध्यमबाट नागरिकको अधिकार स्थापित गराएको नेपाली कांग्रेसलेनै देश समृद्ध बनाउने दाबी गरेका छन् ।


उनले नेपाली कांग्रेसले कुनै नयाँ दल जस्तो बन्न जरुरी नरहेको तर्क गर्दै , कांग्रेस पुरानै ढंगकाे सबैलाई सम्मान गर्ने वीपीकै बाटोमा हिड्ने पार्टी रहनुपर्ने बताए ।
मंगलवार जिल्लाकाे लालबन्दीमा कार्यकर्तासंगकाे संक्षिप्त भेटघाटका क्रममा केन्द्रीय सदस्यसमेत रहेका मन्त्री काफ्लेले नेपाली कांग्रेसकाे आधार क्षेत्र मधेसमा बलियो र स्पष्ट बहुमत नआए सम्म कांग्रेस बलियो नहुने तर्क गरे ।


उनले त्यसको लागि योजना बद्ध ढंगले तल्लो वर्गका भुइँमान्छेलाई सम्वाेधन हुने जनताको आवश्यकतालाई बुझेर कांग्रेसले काम गर्नुपर्ने बताए । नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय महामन्त्रीसमेत रहेका मन्त्री काफ्लेले विद्यार्थीहरू नेपाली कांग्रेसकाे पिलर भएकाले आफ्नै पार्टीले गल्ती गरेको देखेपनि त्यसको सशक्त प्रतिवाद गर्न, त्यस्ता गतिविधिका विरूद्ध आवाज उठाउन आग्रह गरे ।
नेपाली कांग्रेस क्षेत्र नम्बर १ (ख) का सभापति सीताराम दाहालकाे सभापतित्वमा भएको कार्यक्रममा क्षेत्री सभापति हरिबहादुर लुंगेलीले पार्टीको गतिविधि सर्लाहीमा पार्टी संगठनकाे अवस्था बारे जानकारी गराएका थिए ।


कार्यक्रममा लालबन्दी नगरपालिका का प्रमुख (मेयर ) वासुदेव अधिकारीले लालबन्दीकाे बिकास निर्माणका लागि आफूले गरिरहे प्रयासका बारेमा जानकारी गराउदै, सकारात्मक सहयोगका लागि आग्रह गरेका थिए ।
कार्यक्रममा कांग्रेस नेता कार्यकर्ता विभिन्न भातृ तथा शुभेच्छुक संस्थाका प्रमुख तथा प्रतिनिधि र बिद्यार्थीहरूकाे सहभागिता रहेको थियो ।