
काठमाडौ,असाेज-३, राष्ट्रपति रामचन्द्र पौडेल संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८१ को अवसरमा विहिवार बिहान सैनिक मञ्च टुडिखेलमा आयाेजित विशेष समारोहमा सरिक भएका छन् ।

नेपाली सेनाले राष्ट्रपति पाैडेलकाे सम्मानमा सलामी अर्पण गरेकाे थियो ।
नेपाल सरकारद्वारा आयाेजित कार्यक्रममा विभित्र जातजातिका सांस्कृतिक झांकी प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्षलगायत विभिन्न क्षेत्रका विशिष्ट महानुभावहरूकाे सहभागिता थियो ।









