सर्लाही,असोज-२, नागरिक बचाउ अभियानले जिल्लाको लालबन्दी बजारमा आयोजना गर्न लागेको आमसभा स्थगन नहुने कार्यक्रम संयोजक बद्री न्यौपानेले बताएका छन् ।
अभियानका प्रमुख, मेडिकल व्यवसायी दुर्गा प्रसाईंसहित तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी भए पछि सर्लाहीको लालबन्दी बजारमा आयोजना हुने कार्यक्रम स्थगित हुने हाल्ला फिजिएको छ ।

पूर्व मन्त्री समेत रहेका अभियानका कार्यक्रम संयोजक न्यौपानेले,प्रहरीले अहिलेसम्म प्रसाईंलाई पक्राउ नगरेकोले उनी कार्यक्रममा सहभागी हुनआउने बताए । उनले हल्ला जे भएपनि भोलिको कार्यक्रम भव्यरूपमा सम्पन्न हुने बताए । उनले ठुलो संख्यामा कार्यक्रममा जनमानसमको सहभागिता रहने दाबी गरे।


अभियानका लालबन्दी संयोजक सन्तोष पौडेलले कार्यक्रममा दुई सय बढी गाडीमा हजारौं नागरिकहरू आमसभामा सहभागी हुन आउने दाबी गरे ।
विद्युतीय कारोबार ऐनको व्यवस्था उल्लङ्घन गरेको आरोपमा मेडिकल व्यवसायी प्रसाईंसहित युट्युबरहरू जीवन पाण्डे र दुर्गा खनालविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।


जिल्ला अदालत काठमाण्डौका न्यायाधीश महेन्द्र खनालको इजलासले तीन जनाविरुद्ध आज बुधबार पक्राउ पुर्जी जारी गरेको छ ।