कृष्ण थपलिया/सर्लाही

भदौ – २९, सर्लाहीबाट शुक्रवार प्रधानमन्त्री निवास बालुवाटार पुगेको सर्वदलीय टोलीले बिकास निर्माणका सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
लालबन्दी नगरपालिका का प्रमुख (मेयर) वासुदेव अधिकारीको अग्रसरता तथा पूर्व रक्षामन्त्री हरि प्रसाद उप्रेतीको नेतृत्वमा प्रधानमन्त्री निवास पुगेको टोलीले जिल्लाको लालबन्दीमा सडक,सिंचाइ र ट्रमा सेन्टर निर्माणका लागि प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।


सुनकोशी – मरिन डाईभर्सन योजना अन्तर्गत पुरक योजनाको रुपमा सर्लाही लगायत तराई – मधेशका जिल्लाहरुको उत्तरी क्षेत्रहरुमा सिंचाइ तथा खानेपानी सुबिधा बिस्तार, त्रिभुवननगर लालबन्दी बजार हुँदै मरिन छाप जोड्ने सडक र लालबन्दीमा मनमोहन मेमोरियल ट्रमा सेन्टर निर्माण गर्ने सन्दर्भमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराईको टोलीमा सहभागी नेता बलराम पोखरेले जानकारी दिए ।


ध्यानाकर्षण पत्र बुझाउन पूर्व रक्षामन्त्री हरि प्रसाद उप्रेती,पूर्व मन्त्री महेन्द्र राय यादव, सर्लाही क्षेत्र नम्बर १ का सांसद रामप्रकाश चौधरी , लालबन्दी नगरपालिका का प्रमुख (मेयर) वासुदेव अधिकारी , हरिवन नगरपालिका का पूर्व मेयर गणेश प्रसाईं, कांग्रेस नेता सीताराम दहाल, दिपक अधिकारी,नागेश्वर साह,एमाले नेता बलराम पोखरेल नापी विज्ञ लगायतको सहभागिता रहेको थियो।


ध्यानाकर्षण पत्रलाई गम्भीरतापूर्वक लिएका प्रधानमन्त्रीले विस्तृत अध्ययन पछि आगामी बजेटमा समावेश गरेर काम अघि बढाउने आश्वासन दिएका कांग्रेस नेता सीताराम दाहालले चियोचर्चो खबरलाई जानकारी दिए ।