
रौतहट, भदौ—२८, करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ । बिहीवार साँझ रौतहटको फतुवा विजयपुर नगरपालिका–५ डुमरिया बस्ने ४५ वर्षीय मुक्ति नारायण पटेलको करेन्ट लागेर मृत्यु भएको हो ।

सिञ्चाईका लागि विद्युतीय मोटरमा तार जोड्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको रौतहट प्रहरीले जानकारी दिएको छ ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।










