प्रतिकात्मक तस्विर ।

सर्लाही, भदौ –१०, इलाका प्रहरी कार्यालय लालबन्दीले अदालतबाट भ्रष्टाचार मुद्दामा दोषी ठहर भई १० वर्षदेखि फरार एक महिलालाई लालबन्दी नगरपालिका–१७, रानिगन्जबाट पक्राउ गरेको छ ।
प्रहरीले लालबन्दी नगरपालिका —१७ की ६१ वर्षीया मनकुमारी पूर्वछानेलाई उनको घरबाटै पक्राउ गरेको हो ।


प्रहरीको फरार सूचिमा रहेकी उनलाई २०७१ साल फागुन ८ गते सर्लाही जिल्ला अदालतले दोषी ठहर गरेको थियो ।
सर्लाही जिल्ला अदालतले उनीविरुद्ध भ्रष्टाचार मुद्दामा दोषी ठहर गरी ६ महिना कैद र ३ लाख ५५ हजार ४८८ रुपैयाँ १ पैसा जरिवाना तोकेको छ ।

पूर्वछानेलाई फैसला कार्यान्वयनका लागि आईतवार सर्लाही जिल्ला अदालत मलंगवा पेस गरिएकोमा कैद भुक्तानका लागि कारागार कार्यालय मलंगवा चलान गरिएको प्रहरीले जनाएको छ।