
सर्लाही,भदाै—१०, लालबन्दी नगर वाङ्मय परिषद्ले साहित्यिक सहिद कृष्णलाल अधिकारी स्मृति पुरस्कार–२०८१ पत्रकार रोचक घिमिरेलाई प्रदान गर्ने निर्णय गरेको छ। साहित्यका माध्यमबाट क्रुर जहानियाँ राणा शासनको अन्त्यका लागि होमिँदा होमिँदै सहिद बन्न पुगेका ’मकै’ पुस्तकका लेखक कृष्णलाल अधिकारीको स्मृतिमा पुरस्कार कोषको स्थापना गरिएको र सोही कोषको ब्याजको रकमबाट उक्त पुरस्कार वर्ष २०८१ बाट प्रदान गर्न प्रारम्भ गरिएको परिषद्ले जनाएको छ।

नेपाली भाषा तथा साहित्यका क्षेत्रमा दीर्घसेवा गरेका पत्रकार घिमिरेलाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको परिषद्का अध्यक्ष अच्युत अधिकारीले दिए । पुरस्कारको राशि रु. ५० हजार र सम्मान पत्र रहेको छ ।










