
काठमाण्डौ,असार – १२, कारागार व्यवस्थापन विभागले कैदीबन्दीको कैद कट्टा सिफारिशमाथि उजुरी आह्वान गरेको छ । विभागका निर्देशक कमलप्रसाद पाण्डेका अनुसार यस वर्ष छ सय २० जना कैदीबन्दीको कैद कट्टाका लागि सिफारिश गरेको हाे ।
विभागले कैद कट्टाको सुविधाका लागि सिफारिश भएकाहरूमा कुनै कैफियत भएमा उजुरी दिन आह्वान गरेको ।

गृह मन्त्रालयको जेठ २२ गतेको पत्रानुसार छ सय २० जना कैदीबन्दीको निवेदनसहितको विवरण सम्बन्धित कारागार प्रशासक र प्रमुख जिल्ला अधिकारीबाट सिफारिश प्रमाणित भई आएको विभागका निर्देशक पाण्डे बताए । यही असार १५ गतेसम्म उजुरी दिन म्याद रहेकाे छ ।

सरकारको सिफारिशमा हरेक वर्ष संविधान दिवसका अवसरमा राष्ट्रपतिबाट कैदकट्टाको सुविधा दिने चलन छ ।









