
कृष्ण थपलिया /लालबन्दी
असार -१०,जिल्लाकाे लालबन्दी नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागि अनुमानित बजेट सार्वजनिक गरेको छ ।
नगर प्रमुख वासुदेव अधिकारीकाे सभाध्यक्षतामा कार्यपालिका सदस्य शिवकृष्ण वैद्यले पालिकाकाे १२ औ नगर अधिवेशनमा आर्थिक वर्ष २०८१/०८२ को लागि १ अरब ५१ करोड ४८ लाख ९२ हजार बराबरको अनुमानि बजे सार्वजनिक गरेका हुन ।
साेमवार (आज) सार्वजनिक गरिएको बजेटमा स्वास्थ्य क्षेत्र सुधार, समुदायिक शिक्षाको गुणस्तर अभिबृद्धि, खानेपानी, सडक, ढल संरचना, पर्यटन पुर्वाधार निर्माण, कृषि तथा पशुपन्छी क्षेत्रको बिकास, सिँचाई र सिमान्तकृत तथा लक्षित समुदायलाई सिप बिकास को माध्यमवाट स्वरोजगार वनाउने बजेटको प्राथमिकता रहेको छ।

लक्ष्य र तथ्यमा आधारित बिकास कार्यक्रम तर्जुमा र सूचना प्राबिधिको अधिकतम प्रयोग मार्फत सुशासन अभिबृद्धि गर्ने । अनुत्पादक क्षेत्रलाई निरुत्साहित गरी उत्पादन क्षेत्रलाई प्राथमिकतामा राख्ने बजेटको उद्देश्य रहेको छ ।
बिकासको मूल आधार वडा लाईनै वनाउने प्रयत्न वजेटले गरेको छ। बिकास वजेटको अधिकांश हिस्सा वडा स्तरमै खर्च गर्ने गरी वडा तहमा पठाईएको छ। बडा तहको पुर्वाधार विकासका लागि १४ करोड, ३१ लाख,४७ हजार र नगरस्तरीय बिषयक्षेत्रगत आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार विकास, बन, वातावरण र विपद् व्यवस्थापन र संस्थागत विकास एवम् सुशासन तर्फ रु. ११ करोड, ४ लाख ३४ हजार बजेट विनियोजन गरिएको छ ।
चालु बर्षबाटै ठेक्का बन्दोवस्त गरी २ वर्षभित्रै निर्माण सम्पन्न गर्ने गरी नगर अस्पताल निर्माणको लागि बजेटको पर्याप्त सुनिस्चितता गरिएको छ । नगरको आफ्नै प्रशासनिक भवनको अभावमा सेवाग्राहीहरुले भोग्नु परेको सास्तिलाई मध्यनजर गर्दै दानविरबाट प्राप्त नगरको जग्गामा पाँच तल्ले नगर कार्यपालिकाको कार्यालयको प्रशासनिक भवन निर्माण शुभारम्भ गरिएको बजेट वक्तव्यमा उल्लेख छ। भवनलाई २ बर्ष भित्रै निर्माण सम्पन्न गर्ने लक्ष्य राखी यथेष्ट बजेट छुट्याईएको बजे वक्तव्यमा भनिएको छ ।

नगरमा आधारभूत गुणस्तरिय स्वास्थ्य सेवाको प्रवन्ध गर्न बजेटले मुख्य ध्यान पुच्याएको छ। अस्पताल तथा स्वास्थ्य संस्थाहरुको पूर्वाधार निर्माण तथा मर्मत, औजार उपकरणको प्रवन्ध, औषधी व्यवस्थापन, स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच अभिबृद्धि तथा मातृ तथा शिशु स्वास्थ्य प्रवर्द्धन र थप सेवा विस्तार समेत गरी स्वास्थ्य क्षेत्रका लागि पर्याप्त बजेट विनियोजन गरिएको छ। चालु आ.ब.मै स्थापना भई सञ्चालनमा आएको वडा नं. ५ को नागरिक आरोग्य आयुर्वेद केन्द्रको पूर्वाधार र औषधीको लागि समेत प्रर्याप्त बजेट विनियोजन भएको छ।
आन्तरीक राजश्चका श्रोतहरुको सम्भावना प्रर्याप्त हुँदा हुँदै पनि वित्त परिचालनमा नगरपालिकाले समस्या भोग्नु परिरहेकाले आगामी आ.ब.को बजेटले राजश्वको दायरा विस्तृत र नागरिकमैत्री कर प्रणाली अवलम्बन गर्न बजेटकाे लक्ष्य देखिन्छ।
यस्ता छन् बजेट वक्तव्यका बाकी अंश










