
मलंगवा, जेठ -१६, सर्लाही प्रहरीले जिल्लाको मलंगवा नगरपालिका – ५ भाडसर मा अवैध रुपमा सञ्चालित १३ वटा रक्सी भट्टी नष्ट गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मलंगवा र प्रहरी चौकी भाडसरबाट खटिएको संयुक्त प्रहरी टोलीले बुधवार अन्दाजी मध्याह्न १२ बजेको समयमा रक्सी भट्टीहरु नष्ट गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मलंगवाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ९डिएसपी० दिपक श्रेष्ठका अनुसार प्रहरीले १३ वटा रक्सी भट्टी र त्यसमा प्रयोग गरिने कच्चा पद्धार्थ नष्ट गरेको हो ।
प्रहरीले अन्दाजी ७ हजार लिटर, रक्सी बनाउने मेसिन ६ वटा, ड्रम ४० वटा र मलंगवा नगरपालिका वडा नम्बर (६ खुटौना मा रक्सी भट्टी भित्र रहेको चुलो एउटासमेत गरी अन्दाजी २ लाख,२० हजार बराबरको सरसमानहरु नष्ट गरिएको जनाएको छ ।

त्यस्तै आजै गस्तीमा खटिएका प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानहरूबाट अवैध रुपमा भन्सार छली भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको अन्दाजी ५ लाख ४१ हजार ३०० बराबरको मालसामान नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि भन्सार कार्यालय मलंगवा बुझाएको जनाएको छ।

प्रहरीले नियन्त्रणमा लिएको मालसामानहरूमा युरिया मल, विभिन्न किसिमको लत्ता कपडा, किराना आइटम, पेय पदार्थ, स्टेसनरी आइटम, कस्मेटिक सामान र एउटा मोटरसाइकलसमेत रहेको जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रहरी नायब उपरीक्षक ९डिएसपी० दिपक श्रेष्ठ जानकारी दिएका छन् ।









