
सर्लाही,जेठ -१४ ,जिल्लाको बरहथवा नगरपालिकामा प्रहरीको गाेली लागि मृत्यु भएका जय शंकर साहको परिवारलाई राहत वापतको रु. १० लाख रकम हस्तान्तरण गरिएको छ ।
जिसस प्रमुख कौशल किशोर सिंह,बरहथवा न.पा. का नगर प्रमुख कल्पना कटुवाल ,प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमला, लगायक सुरक्षा निकायका प्रमुखहरूको उपस्थितिमा मृतकको घरमै पुगेर १० लाखकने चेक हस्तान्तरण गरिएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएकाे छ ।

प्रदर्शकारी क्रममा गत पुस २० गते प्रहरीको गोली लागी बरहथवा नगरपालिका–६ का २६ वर्षीय जय शंकर साहको मृत्यु भएको थियो ।
सर्लाहीको बरहथवा नगरपालिकामा स्वास्थ्य चौकी स्तरोउन्नती गर्ने विषयमा भएको विदादको क्रममा साहको मृत्यु भएको थियो । राहत रकम मृतकका आमालाई हस्तान्तरण गरिएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।

सर्लाही होटेल एण्ड पार्टी प्यालेश देखि उत्तर तर्फ रहेको गोदाम (कुखुराहरुको दान राख्ने स्थान) मा जान लागेको जय शंकर साहकाे बरहथवा नगरपालिका–५ स्थित विधुत प्राधिकरण कार्यालयको पश्चिमतर्फ रहेको बाटोको पुलमा प्रहरीले चलाएको गोली लागी मृत्यु भएको थियो ।









