सर्लाही,जेठ -१२, जिल्लाकाे लालबन्दी ५ र ३ मा पर्ने कालिन्जाेर खाेला स्थित  त्रिवेणी धारमा एउटा jCB मा आगलागी भएको छ ।
लालबन्दी – ३, शिस्वाका माेहन भण्डारीले सञ्चालन गरेको वशिष्ठ एण्ड भण्डारी कन्स्ट्रक्सनकाे ३ क २९८६ सानो jCB मा आज (शनिवा) दिउँसो आगलागी भएको हाे ।


केही समय काम छाडेर ड्राइभ खाना खान गएको समयमा आगलागी भएको माेहन भण्डारीका भाई कृष्ण भण्डारीले चियाेचर्चाे खबरलाई जानकारी दिए ।
ड्राइभर नभएको समयमा आगलागी भएकाले ब्याट्रीहरू सर्ट भएर आगलागी भएको हाे, अथवा कसैले आगाे लगाइदियाे एक्किन हुन नसकेको उनलेे  बताए ।


आगाे निभाउन हरिवनबाट दम्कल मगाइएकाे भएपनि jCB पूर्ण रूपले जलेको भण्डारीले जानकारी दिए । आगाे निभाउन लालबन्दी प्रहरी र स्थानीयले प्रयास गरेको भएपनि इन्जिन पड्कन थाले पछि नजिक जान सकेका थिएनन् ।
घट्नाको विषयमा छानबिन गर्न आफुहरूले प्रहरीमा जाहेरी दिएको उनले बताए ।(तस्बिर :कृष्ण भण्डारी )