
सर्लाही,जेठ -१२, नेपाल प्रहरी श्रीमती संघले जिल्लाकाे बिष्णु गाउँपालिका वडा नं. १ बाराउधोरण पुर्व टोलका आगलागी पीडित ६१ घर परिवारलाई आज (शनिवार) राहत सामग्री वितरण गरेको छ ।
नेपाल प्रहरी श्रीमती संघको आयोजना र नेपाल प्रहरी श्रीमती संघ मधेश प्रदेशको सहकार्यमा प्रहरीले आज दिउँसो राहत सामग्री वितरण गरेको हाे ।
नेपाल प्रहरी श्रीमती संघको केन्द्रीय अध्यक्ष लक्ष्मी कुंवरको प्रमूख अतिथ्यता भएको राहत वितरण कार्यक्रममा बिष्णु गाउँपालिका अध्यक्ष जवाहर लाल प्रसाद यादवको विशेष उपस्थिति रहेको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ।

कार्यक्रममा मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख प्रहरी नायव महानिरीक्षक यज्ञ बिनोद पोखरेल , नेपाल प्रहरी श्रीमती संघकी प्रशासन सचिव अनिता देवकोटा वास्तोला, नेपाल प्रहरी श्रीमती संघ मधेश प्रदेशकी अध्यक्ष गरिमा पोखरेल, नेपाल प्रहरी प्रदेश कार्यालय जनकपुरका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक सुरेन्द्र बहादुर गुरूङ, नेपाल प्रहरी श्रीमती संग मधेश प्रदेशकी पदाधिकारी मिना गुरूङ , जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक रबिन्द्र बहादुर सिंह, नेपाल प्रहरी श्रीमती संघकी प्रशासन सह-सचिव अनिता दहाल अधिकारी, बिष्णु गाउँपालिका वडा नं. १ का अध्यक्ष बिकाउ ठाकुर लगाएको सहभागिता रहेको थियो ।

गत वैशाख २० गते बिष्णु गाउँपालिका वडा नं. १ बाराउधोरण पुर्व टोलमा भएको भीषण आगलागीबाट सिङ्गो गाउँनै खरानी भएको थियो ।









