
सर्लाही,चैत -११, जिल्लाको मलंगवा नगरपालिकामा रहेको स्तुती सम्य हेल्थ केयरका संचालक डा. गुणेश्वर झा पछिल्ला केही वर्ष यता समाजसेवा सक्रिय भएका छन् ।
डा. झा यतिबेला विपन्न नागरिकहरुको समस्यामा मलम लगाउने कार्य गरिरहेका छन् । उनले हाल सम्ममा विपन्न तथा दलित व्यक्तिहरुलाई सहयोग गरि रहेका छन् ।
यसै क्रममा उनले कौडेना गाउँपालिका वडा नं. १ बस्ने मनोहरी देवी बैठालाई छोरीको विबाह गर्न नगद रु. १० हजार सहयोग गर्नुभएको छ ।

समृद्ध सर्लाही निर्माणका अभियन्ता समेत रहेका डा. झा अति विपन्न, पिता गुमाएका छोरीहरुलाई सहयोग गर्दै आइरहेका छन्। उनले केहि दिन अघि मात्र कविलासी नगरपालिका वडा नं. ९ निवासी बिन्देश्वर ठाकुरको छोराको नेशनल मेडिकल कलेज बिरगंजमा उपचार गराउनको लागि समेत रु. ५० हजार आर्थिक सहयोग गरेका थिए ।
डा. झा बाल रोग विशेषज्ञ डाक्टर हुनुुहुन्छ, उनले अस्पतालमा विपन्न नागरिकका बालबालिकाहरुलाई निःशुल्क उपचार समेत गर्ने गरेका छन् ।

उनी जिल्लामा सहारा बिहिन विपन्न नागरिकको अहिले सहारा बन्दैँ उदाहरणीय तथा सराहनीय कार्य गर्दै छन् ।
उनले शितलहर प्रभावित अति विपन्न नागरिकलाई समय समयमा न्यानो कपडा समेत वितरण गरेका थिए। डा झा. ले दलित विपन्न नागरिकहरुलनई जस्तो समस्या पर्दा पनि हेर्ने गरेका मलंगवाका एक स्थानीयले बताए ।
गरिब दुःखीकाे समस्यामा सहयोग गर्न पाउँदा आफूलाई आत्मसन्तुष्टि मिल्ने गरेको बताउँछन् ।









