सर्लाही, चैत -१०,जिल्लाकाे लालबन्दीमा रहेको  खानेपानी उपभोक्ता तथा  सरसफाइ  संस्थाकाे  सातौं साधारणसभा सम्पन्न  भएको छ ।
संस्थाका अध्यक्ष देवनाथ पाेखरेलकाे सभाध्यक्षता तथा  प्रदेश सभा सदस्य बेची लुंगेलीकाे  प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न  भएको हो । साधारणसभा लालबन्दी नगरपालिका का प्रमुख (मेयर ) वासुदेव अधिकारी  तथा उपमेयर कल्पना माया पाख्रिनकाे विशिष्ट आतिथ्यता रहेको थियो ।
साधारण सभामा बोल्दै प्रमुख अतिथि प्रदेश सभा सदस्य बेची लुंगेलीले खानेपानीकाे  ठुलो समस्या भाेगिरहेका यहाँका नागरिकले आयोजना सफल भएपछि ठूलो राहत पाएकाे बताइन् । ठूलो मेहनत पछि सम्पन्न भएको आयोजनालाई सफल बनाउन सवैकाे जिम्मेवारी रहेको उनको भनाइ थियो । ऋणमा रहेको संस्थालाई ऋण मुक्त गराउन तीनै तहको सरकार र नागरिकको उत्तिकै जिम्मेवारी रहेको बताइन् ।


विशिष्ट अतिथि  लालबन्दी नगरपालिकाका मेयर बासुदेव अधिकारीले आफ्नो कार्यकालमा सर्वदलीय र सर्व पक्षीय सहमति र निर्णयबाट काम गरेको बताउदै सस्तो  लाेकप्रियताकाे लागि विरोध गर्ने र ताली ठाेक्नुकाे कुनै अर्थ नहुने बताए ।
उनले आयोजना निर्माणमा संस्थाले कुनै पनि रकम खर्च नगरेको बताउदै, अनियमितताकाे पुष्टि गरेर देखाउन चुनाैती दिए ।
उनलेे हाल संचालनमा रहेको खानेपानी आयोजनाले ११ वटा वडालाई मात्र सेवा दिइरहेकाले नगरपालिकाले खानेपानीकाै लागि अन्य वडामा पनि काम गरिरहेकाे बताए ।
आयोजना सफल बनाउन आफूहरूले ठूलो मेहनत गरेको बताउदै  लालबन्दी खानेपानी उपभोक्ता तथा  सरसफाइ  संस्थालाई पानीको प्याकेजिङ गरेर बजारीकरण गर्न आग्रह गरे ।उनले त्यसको लागि नगरपालिकाले सहयोग गर्ने बताए ।
कार्यक्रममा उपमेयर कल्पना पाख्रिन, लालबन्दी ६ का वडा अध्यक्ष लालकुमार योन्जन, १३ का वडाअध्यक्ष शिवकृष्ण वैद्य, नेपाली काँग्रेस क्षेत्र १ (ख) का सभापति सिताराम दाहाल,जनज्योति क्याम्पसका अध्यक्ष  दिपक अधिकारी, जनज्योति माविका अध्यक्ष बलराम पाेखरेल , नेकपा एमालेका लालबन्दी नगर ईन्चार्ज नवराज मिश्र, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष लेखराम जर्गा मगर(अर्जुन),राष्ट्रिय स्वतन्त्र पार्टीका नगर अध्यक्ष बालकृष्ण कार्की, नेकपा एकिकृत समाजवादीका जगन्नाथ काफ्ले(राजन), संस्थाका संस्थापक अध्यक्ष आभूषण चौलागाईं जनता समाजवादीका प्रतिनिधि ऋषि धिताल, लगायतले शुभकामना मन्तव्य राखेका थिए।


साधारण सभाको उद्घाटन सत्रमा संस्थाका कोषाध्यक्ष डुकेन्द्र बहादुर खत्री(कपिल)ले आर्थिक वर्ष २०७८/०७९ को अडिट रिपोर्टमा आफ्नो विमति रहेकाले  आफूले हस्ताक्षर नगरेको साधारणसभा बताएका थिए ।
उनले अघिल्लो मेयरका पालामा  प्राप्त भएको अनुदान रकमको विल भर्पाई केही पनि फेला नपरेको बताए  । विल भर्पाई माग्दा कसैले पनि  नदिएको बताएका । उनलेे अध्यक्ष र कार्यालय प्रमुखबाट हस्ताक्षर गर्न पटक पटक दबाब आएपनि आफूले हस्ताक्षर नगरेको  साधारणसभामा राखे  । खत्रीले यस विषयमा छानविन गरि दाेषिलाई कार्वाही हुनु पर्ने बताए ।
साधारणसभामा संस्थाका अध्यक्ष पाेखरेलले खानेपानी उपभोक्ता तथा  सरसफाइ  संस्थाकाे स्थापना,भाैतिक निर्माण,संचालन र वर्तमान अवस्था समेटिएको प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यस्तै  कोषाध्यक्ष डुकेन्द्र बहादुर खत्री(कपिल)ले आर्थिक वर्ष २०७८/७९ मा संस्थाले गरेको ६८३६४८१५.७१ बराबरको आय व्यय विवरण प्रस्तुत गरेका थिए ।साधारणसभाको संचालन संस्थाका लेखाप्रमुख तथा सूचना अधिकारी ठाकुर प्रसाद बख्रेल(मनोज)ले गरेका थिए।