लालबन्दी,फागुन -२,लालबन्दी नगर अस्पतालमा आज (बुधवार) एक दिने बन्ध्याकरण शिविर सम्पन्न भएको छ ।
लालबन्दी नगरपालिका काे आर्थिक सहयोग तथा जिल्ला स्वास्थ्य कार्यालय मलंगवा र सुनाैलाे परिवार नेपालकाे प्राविधिक सहयोगमा बन्ध्याकरण शिविर सम्पन्न भएको ।


शिविरको लालबन्दी नगरपालिका का प्रमुख (मेयर) वासुदेव अधिकारीले उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा उप मेयर कल्पना माया पाख्रिन,स्थानीय नेता तथा समाजसेवी,लालबन्दी नगरपालिका का प्रमुख प्रशासकीय अधिकृत वसन्त कुमार न्याैपाने लगायतको सहभागिता रहेको थियो ।


शिविरमा लालबन्दी र आसपासका क्षेत्रका ४६ जना महिलाले बन्ध्याकरणकाे लागि नाम दर्ता गराएको भएपनि २९ जनाकाे मात्र बन्ध्याकरण गरिएको लालबन्दी नगर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रामविस्वास राय (दनुवार)ले चियाेचर्चाे खबरलाई जानकारी दिए । बाकी काे बन्ध्याकरण गर्न मिल्ने स्वास्थ्य अवस्थ नरहेको उनलेे जानकारी दिए ।


शिविरमा पुरूष र महिला दुवैका लागि बन्ध्याकरण सेवा रहेको भए पनि महिलाले मात्र सेवा लिएका छन् ।पछिल्लो समस्य पुरूषकाे तुलनामा महिलानै बढी बन्ध्याकरण गराउने गरेका चिकित्सकहरू बताउँछन् ।