सर्लाही, माघ-८, नेपाल सरकारका खानेपानी मन्त्री महिन्द्र राय यादवले त्रिभुवन नगर ,लालबन्दी दुम्जा सडक राजधानी काठमाडौंलाई तराई मधेस संग जाेड्ने महत्त्वपूर्ण मार्ग हुने बताउनुभएको छ।
देशमा अहिलेसम्म पूर्व पश्चिम मार्ग मात्र बन्ने गरेको र उत्तर दक्षिण मार्ग नभएकाे अवस्थामा याे सडक मार्ग ऐतिहासिक मार्ग हुने बताउनुभयो ।
जिल्लाकाे ब्रम्हपुरी गाउँपालिका वडा नम्बर नं -४ त्रिभुवन नगर देखि ,लालबन्दी नगरपालिका हुदै सुनकोसी गाउँपालिकाकाे दुम्जा जाेड्ने रणनीतिक सडक याेजनाकाे सम्भाव्यता अध्ययन सम्बन्धि स्थलगत भ्रमण कार्यक्रमकाे शुभारम्भ कार्यक्रममा बाेल्दै प्रमुख अतिथि समेत रहनुभएका मन्त्री यादवले यस्तो बताउनुभएको हाे ।


याे सडक मार्ग निर्माण आर्थिक र समाजिक हिसाबले पनि महत्त्वपूर्ण हुने र यसले त्रिभुवननगर व्यापारिक हबकाे रूपमा बिकाश हुने मन्त्री यादवले विश्वास व्यक्त गर्नुभयो ।
सडक निर्माण तथा अन्य बिकाश निर्माणका लागि आफुलाई लालबन्दीका मेयरले १० औ पटक भटेकाे चर्चा गर्दै देशकै आदर्श व्यक्तित्व वीपी र, मदन भण्डारी जस्ता माहन व्यक्तित्व संग नाम जाेडिएकाे र वीपीको जन्मस्थल हुदै जाने सडक मार्ग भएकालेे पनि याे मार्ग महत्त्वपूर्ण हुने मन्त्री यादवको विश्वास छ ।
फरक प्रसंगमा बाेल्दै मन्त्री यादवले सुनकोसी मरिण ड्राइभर्सन पछि सर्लाहीको ७ हजार हेक्टर जमिन सिञ्चित हुने बताउनुभयो । चुरे हराभरा नभएसम्म तराईको खानेपानी समस्या समाधान नहुने मन्त्री यादले तर्क गर्नुभयो । खानेपानीका लागि परम्परागत ढंगबाट नहुने भएकाले अब ६ इन्चको बाेरिङ गरेर समरसियल पाइपबाट पानी बितरणकाे व्यवस्था मिलाउनुपर्ने बताउनुभयो ।
पूर्व मन्त्री एवम् नेपाली कांग्रेसका महासमिति सदस्य शम्भुलाल श्रेष्ठले बिकाशका लागि सडक पूर्वाधार महत्त्वपूर्ण हुने भएकोले याे सडक आयोजना सफल बनाउनुपर्ने तर्क गर्नुभयो ।
आयोजनाका सम्बन्धमा प्रकाश पार्दै लालबन्दी नगरपालिका का मेयर वासुदेव अधिकारीले सडक सञ्जालाई जाेड्ने महत्वकांक्षी याेजना भएकोले यसले पर्यटन प्रबर्द्धन र भाइचाराकाे बिकाशका गरि सम्पूर्ण नागरिकलाई जाेड्ने विस्वास व्यक्त गर्नुभयो ।
नगर प्रमुख अधिकारीले काठमाडौ विश्वविद्यालयलाई लालबन्दी नगरपालिका -१६ मा बिस्तारिकारण गर्न भूमिका निर्वाह गरेको भन्दै मन्त्री यादवलाई धन्यवाद व्यक्त गर्नुभयो ।
कार्यक्रममा ब्रम्हपुरी गाउँपालिका अध्यक्ष रामपदारथ साहले लालबन्दीका मेयर अधिकारीलाई धन्यवाद दिदै स्थानीयलाई क्षतिपूर्ति दिएर सडक बनाउन पहल गरिदिन मन्त्री यादव संग आग्रह गर्नुभयो ।


कार्यक्रममा मधेस प्रदेश सभा सदस्य बेची लुंगेली,उपमेयर कल्पना माया पाख्रिन सडक बिभागका डीइ दिपक पाण्डेले,नेकपा एकीकृत समाजवादीका सर्लाही अध्यक्ष सुरेन्द्र लामा,कांग्रेस महासमिति दस्य नवराज अधिकारी ,रामबाबु साह,नेपाली कांग्रेसका जिल्ला सह सचिव इन्द्र याेन्जन, क्षेत्र -१ प्रदेश ख सभापति सीताराम दाहाल, महाधिवेशन प्रतिनिधि सुरेन्द्र कुमार न्याैपाने, दिपक अधिकारी लगाएत विभिन्न राजनीति दलका नेता कार्यकर्ता ,लालबन्दी र ब्रम्हपुरी पालिका का वडाध्यक्षहरू लालबन्दी नगरपालिका का प्रमुख प्रशासकीय अधिकृत बसन्त न्याैपाने लगाएको सहभागिता रहेको थियो ।
कार्यक्रम ब्रम्हपुरी गाउँपालिका वडा नं.-४ का वडाध्यक्ष श्यामबाबु साहकाे अध्यक्षतामा भएको थियो ।


त्रिभुवन नगर देखि ,लालबन्दी नगरपालिका हुदै सुनकोसी गाउँपालिकाकाे दुम्जा जाेड्ने रणनीतिक सडक याेजनाकाे सम्भाव्यता अध्ययन सम्बन्धि स्थलगत भ्रमणमा मरिण गाउँपालिका पुगेको मन्त्री यादव,मेयर अधिकारी सहितको टाेलिलाई सिन्धुली क्षेत्र नम्बर -२ बाट निर्वाचित सांसद लेखनाथ दाहाल (राजन), गाउँपालिका अध्यक्ष विमर्श माेक्तान,उपाध्यक्ष लगाएतका स्थानीय नेता कार्यकर्ताले बाटैमा फूलमाला र खादा लगाएर स्वागत गरेका छन् ।

अहिले मरिण गाउँपालिकाकाे सभाहलमा सडक आयोजना बारे छलफल भइरहेको छ ।