
सर्लाही,माघ-७,नेपाल सरकारका उप प्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कारागारहरूलाई सुधारगृहको रूपमा रूपान्तरित गर्नुपर्ने बताउनुभएको छ ।
उप प्रधान तथा गृहमन्त्री श्रेष्ठले अपराधमा संलग्नभई कैद सजाय भुक्तान गरिरहेकाहरूलाई याेग,ध्यानकाे माध्यमबाट उनीहरूकाे जीवनमा सुधार ल्याउन प्रयास गर्नुपर्ने बताउनुभयो ।
जिल्ला सदरमुकाम मलंगवामा पुनर्निर्माण गरिएको कारागार भवनको आइतवार (आज) उद्घाटन गर्नुहुदै उप प्रधान तथा गृहमन्त्री श्रेष्ठले यस्तो बताउनु भएको हाे ।

प्रमुख जिल्लाधिकारी कोमल प्रसाद धमलाको अध्यक्षतामा आयोजित कार्यक्रममा उप प्रधान तथा गृहमन्त्री श्रेष्ठले प्रशासनलाई भ्रष्टाचार मुक्त बनाउन आफू कटिबद्ध रहेकाे बताउनुभयो ।
उप प्रधान तथा गृहमन्त्री श्रेष्ठले आयोगको कार्य काल समाप्त भएपनि ऐन कानून यथावतनै रहेकाले मिटर ब्याजी को समस्या समाधानको लागि प्रयत्न जानकारी राख्न प्रहरी प्रशास निर्देशन दिनुभएको ।
उप प्रधान तथा गृहमन्त्री श्रेष्ठले नागरीकलाई सीमापारीबाट दैनिक उपभाेग्य सामग्री ल्याउदा अवरोध नगर्न आग्रह गर्दै, यसको अनुचित लाभ नउठाउन आग्रह गर्नुभयो ।

उद्घाटन समारोहमा संघिय खानेपानी मन्त्री महेन्द्र यादव,राष्ट्रिय सभा सदस्य राधेश्याम पासवान ,प्रदेश सभा सदस्यहरू काैशल किशाेर राय,फकिरा महताे,बेची लुंगेली,जवाहर कुशवाह, जिल्ला समन्वय समिति सभापति काैशल किशोर सिंह,उप प्रमुख जितेन्द्र कुमार महताे ,लगाएको विशिष्ट आतिथ्यता रहेको थियो ।
कार्यक्रममा मलंगवा नगरपालिका का प्रमुख (मेयर ) नागेन्द्र राय,हरिवन नगर प्रमुख रमेश बुढाथोकी (कमल) बरहथवा नगर प्रमुख कल्पना कुमारी कटुवाल,बागमती नगर प्रमुख भरत कुमार थापा विभिन्न राजनीतिक दलका जिल्लाअध्यक्ष ,नागरिकसमाजका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।
सर्लाही कारागारमा १६० जना पुरुष र ५० जना महिला कैदी बन्दी राख्ने क्षमता रहेकाे छ।

उप प्रधान तथा गृहमन्त्री श्रेष्ठले आजै लालबन्दी -११ हिरापुर र लालबन्दी – १२ जियाजाेरलाई जाेड्ने लखनदेही खोलामा निर्माण हुन गइरहेको पुलको शिलान्यास गर्नुभएको छ ।
करिव ७२ करोडकाे लागतमा ४२ महिना भित्र निर्माण सम्पन्न हुने पुलको शिलान्यास गरिएको हाे ।
लालबन्दी -११ र १२ जाेड्ने पुल नहुदा त्यहाँका स्थानीय सास्ती खेप्न बाध्य थिए । हिउँदमा जेनतेन खाेलाकाे बाटो प्रयोग गरेर ओहोरदोहोर गर्न सकिए पनि वर्षा याममा भने कठिन थियो । पुलको शिलान्यास भएपछि स्थानीय नागरिक हर्षित भएका छन।

लालबन्दी नगरपालिका का प्रमुख (मेयर) वासुदेव अधिकारीकाे सभाध्यक्षता भएको पुल शिलान्यास कार्यक्रममा संघीय सरकारका खानेपानी मन्त्री महेन्द्र राय यादवको विशिष्ट आतिथ्यता रहेको थियोे ।
कार्यक्रम राष्ट्रिय सभा सदस्य राधेश्याम पासवान ,प्रदेश सभा सदस्य बेची लुंगेली,जवाहर कुशवाह, पूर्व मन्त्री एवम् कंग्रेस महासमिति सदस्य शम्भुला श्रेष्ठ माओवादी (केन्द्र)का प्रल्हाद बुढाथोकी,लालबन्दी नगर उप प्रमुख कल्पना माया पाख्रिन लगाएको विशिष्ट आतिथ्यता रहेको थियो । कार्यक्रममा लालबन्दी नगरपालिका का वडाध्यक्षहरू तथा स्थानीय नागरिकको उल्लेखनीय सहभागिता रहेको थियो ।









