
लालबन्दी,जेठ -२१,नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य एवम् पूर्व मन्त्री शम्भु लाल श्रेष्ठले लालबन्दीलाई आर्थिक हबकाे रूपमा बिकास गर्नुपर्नेमा जाेड दिएका छन् ।
उनले शिक्षा स्वास्थ्यसंगै सडक पूर्वाधारको बिकासमा नवनिर्वाचित जनप्रतिनिधिले ध्यान केन्द्रीत गर्नुपर्नेमा जाेड दिएका हुन् ।

नेपाल शिक्षक संघ स्थानीय कार्यसमिति लालबन्दीले शनिवार (आज) लालबन्दीमा आयोजना गरेकाे नवनिर्वाचित जनप्रतिनिधि सम्मान कार्यक्रममा बाेल्दै कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका श्रेष्ठले उक्त कुरा बताएका हुन ।
उनले लालबन्दीलाई आर्थिक र शैक्षिक केन्द्रकाे रूपमा बिकास गर्न राजनीति हस्तक्षेपबाट मुक्त राख्नु पर्नेमा जाेड दिदै काभ्रे,सिन्धुली र सर्लाही जाेड्ने मंगलटार लालबन्दी बाटाेकाे बिकासका लागि एक ढिक्का भएर लाग्न आग्रह गरे।

कार्यक्रमका सम्मानित व्यक्ति एवम् नवनिर्वाचित मेयर वासुदेव अधिकारीले आफू दलगत स्वार्थ भन्दा माथि उठेर,सिङ्गो लालबन्दीलाई एक ढिक्का बनाए अघि बढ्ने चाहेको बताए ।उनले शिक्षा गुणस्तर युक्त बनाउने,स्वास्थ्यमा बिशेसज्ञ सेवा प्रवाह गर्ने प्रतिबद्धता व्यक्त गरे।
बिकास चाहना पुरागर्न बजेट अपुग हुन सक्ने भएकाले केन्द्र र प्रदेशबाट वजेट ल्याउन पहल गर्ने बताए । यसका लागि एकाकार भएर अघिबढ्न आग्रह गरे ।

अर्का सम्मानित व्यक्ति उपमेयर कल्पन पाख्रिनले ५ वर्ष सम्म सवै संग हातेमालो गरेर अघि बढ्नुका सथै सवै क्षेत्रको बिकासमा लाग्ने प्रतिबद्धता व्यक्त गरिन् ।

लालबन्दी -८, का नवनिर्वाचित वडाध्यक्ष शुक्र लामाले लालबन्दीकाे बिकासमा स्वास्थ्यमा लगानी गर्न आवश्यक रहेको औल्याउदै अन्य पूर्वाधारकाे क्षेत्रमा कामगर्दै गए पनि स्वास्थ र शिक्षा प्रमुख प्रमुख प्राथमिकतामा रहनुपर्नेमा जाेड दिदै कार्यपालिका बैठकमा आफ्नो पार्टी माओवादी केन्द्रले सहयोग रहने बताए । शिक्षा संघका अध्यक्ष यमनाथ उप्रेतीले शिक्षा क्षेत्रकाे बिकासमा जाेडदिए।
शिक्षक संघका नगर सभापति टिकाराम श्रेष्ठको सभापतित्व भएको कार्यक्रमकाे सञ्चालन जनजाति क्याम्पसका सह प्राध्यापक विवश पाैडेलले गरेका थिए भने शिक्षक उद्धव पाैडेले स्वागत मन्तव्य राखेका थिए।

शिक्षक संघ अपरिहार्य रहेको भन्दै शिक्षक संघमा प्रवेश गेरेका शिक्षक बिमल देवकोटालाई कार्यक्रमका प्रमुख अतिथि शम्भु लाल श्रेष्ठ,विशिष्ट अतिथि मेयर वासुदेव अधिकारी र उपमेयर कल्पना पाख्रिनले फुल माला लगाएर स्वागत गरेका थिए। कार्यक्रममा लालबन्दी १ देखि १७ वडा सम्मका वडाध्यक्षलाई शिक्षक संघले खादा तथा माला लगाएर सम्मान गरेकाे थियो ।
कार्यक्रममा राजनीति दलका नेता कार्यकर्ता शिक्षक बुद्धिजीवीकाे उपस्थिति रहेको थियोे ।







