जुटपानी, पुस- २९ गते । लायन्स अन्तर्राष्ट्रियका संस्थापक प्रेसिडेन्ट मेलभिन जोनको जन्मदिन तथा लायन्स क्लबका स्वर्गीय सदस्य मीनराज कार्की (मिलन)को नवौँ स्मृति दिवसको अवसरमा लायन्स क्लब अफ लालबन्दी सिटीले सामाजिक कार्य गरेको छ।


क्लबले मंगलवार लालबन्दी नगरपालिका वडा नं. २, जुटपानीस्थित पद्म भुवनेश्वरी नमुना वृद्ध सेवाश्रममा आश्रति रहेका वृद्धवृद्धालाई बिहानको मिष्ठान्न भोजन गराइएको सेवाश्रमका अध्यक्ष भवानी कोइरालाले जानकारी दिइन् । उनका अनुसार क्लबले आश्रमका लागि ३ बोरा चामल र डाइपर २० प्याकेट प्रदान गरिएको छ।


उक्त कार्यक्रममा लायन्स क्लब अफ लालबन्दी सिटीका संस्थापक अध्यक्ष दिपेन्द्र अधिकारी, अध्यक्ष रेवन्त राज तिमल्सिना, एरिया को–अर्डिनेटर राजकुमार न्यौपाने पूर्व अध्यक्षहरू धर्मराज थापा, विकल जर्गा मगर, चिरन्जिबी खतिवडा तथा सचिव सुरज थापाको उपस्थिति रहेको थियो।


सेवाश्रमका अध्यक्ष भवानी कोइरालाले लायन्स क्लब अफ लालबन्दी सिटीले सेवाश्रमप्रति माया र सहयोग गर्दै आएकोमा धन्यवाद व्यक्त गर्दै सहयोगी सबैप्रति कृतज्ञता प्रकट गरिन् । उनलेे स्वर्गीय मीनराज कार्की (मिलन)प्रति चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेकी छन् ।


सामाजिक उत्तरदायित्व र मानव सेवाको भावनालाई थप मजबुत बनाउन यस्ता कार्यक्रमलाई निरन्तरता प्रदान गरिने एरिया को–अर्डिनेटर राजकुमार न्यौपानेले चियाेचर्चाे खबरलाई जानकारी दिए ।