
राजिव साह/ सर्लाही
पुस—२७ गते । मलंगवा प्रधानमा कार्यालय रहेको सहारा पञ्चकन्या बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औँ वार्षिक साधारणसभा आइतवार सम्पन्न भएको छ।

संस्थाका अध्यक्ष देवेन्द्र कुमार यादवको सभाध्यक्षता तथा मधेश प्रदेश सरकारका स्वास्थ्य मन्त्री गंगिलाल रायको प्रमुख आतिथ्यतामा मलंगवा नगरपालिका–१० स्थित मलंगवा पार्टी प्यालेसमा संस्थाको १६ औँ वार्षिक साधारणसभा सम्पन्न भएको हो । मन्त्री रायले साधारणसभाकाे उद्धघाटन गरेका हुन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि मन्त्री रायले सहकारीहरूले स्थानीय तहमा आर्थिक सशक्तीकरण र आत्मनिर्भरता अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै सहकारी क्षेत्रलाई अझ पारदर्शी, उत्तरदायी र प्रभावकारी बनाइनुपर्नेमा जोड दिए ।

साधारणसभामा सहकारीको वार्षिक प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन तथा आगामी कार्ययोजनामाथि विस्तृत छलफल गरिएको थियो। 
कार्यक्रममा संस्थाका मुख्य प्रबन्धक शिव शंकर जयसवाल, नेपाल पत्रकार महासंघ सर्लाही शाखाका अध्यक्ष ओमप्रकाश ठाकुर लगायत विभिन्न व्यक्तित्वहरूको आतिथ्यता रहेको थियो। साथै, साधारणसभाको अवसरमा उत्कृष्ट कार्य गर्ने शेयर सदस्य तथा कर्मचारीहरूलाई सम्मानसमेत गरिएको थियो।









