हरिपुर, पुस–२६ । सर्लाहीको हरिपुर नगरपालिका–७ चिताइनमा रहेको लक्ष्मीनाथ चिताइन सामुदायिक वन उपभोक्ता समूहको १३ औँ साधारण सभाले नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया अघि बढाइएको छ ।
वन उपभोक्ता समूहका अध्यक्ष पुजन चौधरीको अध्यक्षता तथा संविधान सभा सदस्य रामचन्द्र चौधरीको प्रमुख आतिथ्यतामा वन समूहकै प्राङ्गणमा साधारण सभाको उद्घाटन सत्र सम्पन्न भएको हो । संविधान सभा सदस्य रामचन्द्र चौधरीले ब्यानर पढेर, दीपप्रज्वलन गरेर साधारण सभाको उद्घाटन गरेका हुन।


साधारण सभाले समूहको व्यवस्थापनलाई सुदृढ बनाउने उद्देश्यसहित नयाँ कार्यसमिति चयनको प्रक्रिया सुरु गरे पनि अध्यक्ष पदमा एक भन्दा बढि आकांक्षी देखिएपछि सहमति जुट्न समय लागेको वन समूहका सचिव शिवनाथ धामीले जनकारी दिए।


नयाँ नेतृत्व चयनलाई सहमतिमै टुंग्याउने प्रयासस्वरूप भोलि बिहान पुनः छलफलमा बस्ने सहमति भएको सचिव धामीले बताए । भाले दिउसो सम्ममा नेतृत्व चयनका लागि सहमति जुट्न अपेक्षा गरिएको छ।

ससभामा वडा नं. ७ का वडाध्यक्ष मनोजकुमार चौधरी, डिभिजन वन कार्यालय सर्लाहीका अधिकृत रामपुकार यादव, सव–डिभिजन वन कार्यालय लालबन्दीका अधिकृत रत्नबहादुर विक, साधेदारी वन उपभोक्त महासंका मधेश प्रदेश महासचिव राजनिकान्त झा, माधाव सरहकार, महापूर्व इन्जिनियर रामप्रसाद सल्हाकारहरु चेतनारायण धामी,आनन्द प्रकाश धामी,रामकृष्ण चौधरीलगाएतको आतिथ्यता रहेको थियो ।

सभामा वन उपभोक्ता समूहमा आबद्ध उपभोक्तहरुको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि लगायतका वक्ताहरुले वन क्षेत्रलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नुपर्नेमा जोड दिएका थिए ।