![]()
लालबन्दी, पुस १२ — सडक विस्तार कार्यका लागि लालबन्दीको डुमडुमे पुल दक्षिणतर्फ रहेको ११ के.भि. लाइनका पोल सार्नुपर्ने भएकाले (आज) शनिवार लालबन्दी वितरण केन्द्रअन्तर्गतका विभिन्न क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुने भएको छ।

नेपाल विद्युत् प्राधिकरण लालबन्दी वितरण केन्द्रका अनुसार बिहान १०:०० बजेदेखि दिउँसो ४:०० बजेसम्म लालबन्दी फिडरबाट सञ्चालित लाइन बन्द रहनेछ। यस अवधिमा लालबन्दी बजार हाईवे दक्षिण, रानिगञ्ज, फुलजोर, परवानीपुर, घारिबधान लगायतका सम्पूर्ण क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुनेछ।
![]()
प्राधिकरणले सडक विस्तार जस्तो आवश्यक पूर्वाधार विकास कार्यका कारण विद्युत् आपूर्ति बन्द गर्नुपरेको जनाउँदै यसबाट ग्राहकवर्गमा पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी रहेको जारी सूचनामा उल्लेख छ।
![]()
लालबन्दी वितरण केन्द्रले निर्धारित समयभन्दा अगावै काम सम्पन्न भएमा विद्युत् लाइन पनि समयभन्दा पहिलै सुचारु हुन सक्ने भएकाले सेवाग्राहीलाई आवश्यक सतर्कता अपनाई सहयोग गरिदिन अनुरोध गरेको छ।










