लालबन्दी,पुस—९ । नेपाल विद्युत् प्राधिकरण अन्तर्गत लालबन्दी वितरण केन्द्रले सडक विस्तार कार्यका कारण लालबन्दी बजार क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुने जनाएको छ।


वितरण केन्द्रका अनुसार आज बुधवार डुमडुमे पुलमा रहेको ११ के.भि. लाइनका पोल तथा ट्रान्सफर्मर पोष्ट सार्ने कार्य गर्नुपर्ने भएकाले बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत् आपूर्ति बन्द हुनेछ ।


उक्त समयमा लालबन्दी वितरण केन्द्र अन्तर्गत लालबन्दी फिडरबाट सञ्चालित लाइन मार्फत विद्युत् आपूर्ति हुने लालबन्दी बजार हाइवे उत्तरतर्फका सम्पूर्ण क्षेत्र प्रभावित हुने जनाइएको छ ।


प्राधिकरणले यसबाट ग्राहकवर्गमा पर्न गएको असुविधाप्रति क्षमायाचना गर्दै, काम निर्धारित समयभन्दा अगावै सम्पन्न भएमा विद्युत् सेवा समयमै पुनः सुचारु हुन सक्ने जानकारी दिएको छ।