सर्लाही, मंसिर २९ गते । सर्लाहीको पर्सा गाउँपालिकामा “हामी हाम्रो पालिका आफैँ बनाऔँ” भन्ने मूल नाराका साथ गाउँपालिकामा अध्यक्ष कप क्रिकेट टुर्नामेन्ट तथा नवनिर्मित खेलकुद मैदान उद्घाटन गरिएको छ।
पर्सा गाउँपालिका अध्यक्ष धिरेन्द्र यादव बिस्पत को अध्यक्षता तथा मधेश प्रदेशका स्वास्थ्य मन्त्री जंगीलाल रायको प्रमुख आतिथ्यमा उद्धघाटन समाहरोह आयोजना गरिएको अध्यक्षको सचिवालयले जनाएको छ । सो अवसरमा नवनिर्मित खेलकुद मैदानको उद्घाटन गर्दै अध्यक्ष कप क्रिकेट टुर्नामेन्टको औपचारिक शुभारम्भ गरिएको हो।


“युवा मैत्री हाम्रो समाजको आधार, जिम्मेवारी खेलाडी, स्थानीय सरकार” भन्ने मूल नाराका साथ सुरु भएको यस प्रतियोगिताले स्थानीय युवामा खेलकुदप्रतिको रुचि बढाउने तथा प्रतिभा पहिचान गर्न सहयोग पुग्ने विश्वास लिइएको छ।कार्यक्रममा गाउँपालिकाका सम्पूर्ण जनप्रतिनिधि, स्थानीय बुद्धिजीवी, खेलप्रेमी तथा ठूलो संख्यामा युवाहरूको उपस्थिति रहेको थियो।

अध्यक्ष धिरेन्द्र यादव बिस्पतले युवाहरू नै समाज परिवर्तनका संवाहक भएको उल्लेख गर्दै खेलकुदको माध्यमबाट अनुशासन, नेतृत्व र सकारात्मक ऊर्जा विकास हुने विश्वास व्यक्त गरे ।गाउँपालिका अध्यक्ष यादवले प्रतियोगितामा सहभागी सम्पूर्ण तथा कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गरेका उनको सचिवालयले जनाएको छ ।










