लालबन्दी, मंसिर २४ गते । नेपाली कांग्रेस सर्लाही निर्वाचन क्षेत्र नं. १ मा केन्द्रीय परिपत्र अनुसार प्रतिनिधि सभा सदस्य पदका लागि प्रत्यक्ष, समानुपातिक तथा राष्ट्रिय सभा सदस्य पदका उम्मेदवारहरूको नाम सर्वसम्मतिबाट अनुमोदन गरिएको छ ।


पार्टीको क्षेत्रीय समिति, केन्द्रीय महासमिति/महाधिवेशन प्रतिनिधि, क्षेत्रीय कार्यसमिति तथा प्रदेश प्रतिनिधि (क) र (ख) रहेको सिफारिस समितिले घनिभूत छलफलपछि सौहार्दपूर्ण वातावरणमा सर्वसम्मतिबाट निर्णय गरेको नेपाली कांग्रेस मधेश प्रदेश समिति सदस्य रामबाबु साहले चियोचर्चो दैनिकलाई जानकारी दिए ।


उनका अनुसार सिफारिस समितिका ४६ जनाले उम्मेदवार छनोटको विषयमा आ–आफ्नो धारणा राखेका थिए । केन्द्रीय परिपत्र अनुसार सिफारिस समितिले सर्लाही क्षेत्र नं. १ मा प्रत्यक्षतर्फ पुरुषमा शम्भुलाल श्रेष्ठ, रामचन्द्र चौधरी र महिलातर्फ मन्दिरा आचार्यको नाम सिफारिसका लागि जिल्लामा पठाउने सर्वसम्मत निर्णय गरेको हो ।


त्यसैगरी, समानुपातिकतर्फ दलित क्लस्टरबाट स्किलाल पासवान र खस–आर्यबाट सुशिला कार्कीको नाम सिफारिसका लागि जिल्लामा पठाउने निर्णय गरिएको छ ।