मलंगवा मंसिर—२३ गते । सर्लाहीका पूर्व जिल्ला विकास समिति (जिविस) सभापति तथा नेपाली कांग्रेसका पूर्व नेता तपस्वी राय यादवको मंगलवार निधन भएको छ । रामनगर गाउँपालिका–४ निवासी यादवको बिहान ८ बजे असामयिक निधन भएको हो ।


जिल्ला समन्वय समिति सर्लाहीले मंगलवारनै शोक वक्तव्य जारी गर्दै यादवको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ । तत्कालीन जिविस सभापति रहेले उनको कार्यकालमा पु¥याएको योगदानको उच्च सम्मान गर्दै समितिले दिवंगत आत्माको चीरशान्तिको कामना गरेको छ। समिति प्रमुख कौशल किशोर सिंहद्वारा जारी शोक सन्देशमा शोकाकुल परिवारजनप्रति समवेदना व्यक्त गरिएको छ ।


नेपाली कांग्रेस मधेश प्रदेशका उपसभापति एवम् प्रदेशसभा सदस्य तथा पूर्व मन्त्री वीरेन्द्र प्रसाद सिंहले शोक सन्देश जारी गर्दै पूर्व सभापति यादवको निधनले आफू मर्माहत भएको बताएका छन्। उनले यादवप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना व्यक्त गरेका छन्।

यादव नेपाली कांग्रेसका पुराना नेता पनि रहेकाले पार्टीले उनको निधनले ठूलो क्षति पुगेको उल्लेख गरेको छ । कांग्रेस सर्लाहीले विभिन्न कालखण्डमा लोकतन्त्र, विकास र परिवर्तनको यात्रामा उनले महत्वपूर्ण योगदान पु¥याएको उल्लेख गरिएको छ ।

जिल्लाका अन्य अन्य सामाजिक अगुवा तथा दलका नेताहरूले समेत यादवको योगदान स्मरण गर्दै श्रद्धाञ्जली तथां समवेदना व्यक्त गरेका छन् ।