सर्लाही, मंसिर—२० गते । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान–२०८२ लाई समुदायसम्म पु¥याउन मलंगवा नगरपालिकाले शनिवार बिहान बृहत् नगर सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ । हिंसा रोकथामका सन्देशलाई दैनिक जीवनसंग जोड्ने उद्देश्यसहित गरिएको उक्त कार्यक्रले नगरलाई स्वच्छ बनाउन मात्र नभई स्थानीयस्तरमै सचेतना अभिवृद्धि गर्न योगदान पु¥याउने प्रमुख प्रशासकीय अधिकृत नगरपालिका प्रमुख प्रशासकीय अधिकृत होम प्रसाद घिमिरेले बताए ।

शहीद चोकबाट सुरू भएको सरसफाइ अभिया बिच बजार हुँदै नगरपालिकाको कार्यालय परिसरमा पुगेर टुंगिएको थियो। नगर प्रमुख नागेन्द्र प्रसाद यादवको अध्यक्षतामा सञ्चालित कार्यक्रममा सरकारी–गैरसरकारी क्षेत्रका प्रतिनिधिदेखि सुरक्षाकर्मी र स्थानीय बासिन्दासम्मको उल्लेख्य सहभागिता रहेको थियो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रामुराज कडरिया, नेपाल प्रहरी प्रमुख एसपी योगेन्द्र कुमार खड्का, सशस्त्र प्रहरी प्रमुख देवबहादुर चन्द, नगरपालिका प्रमुख प्रशासकीय अधिकृत होम प्रसाद घिमिरे, नागरिक समाज सर्लाहीका महासचिव शिवचन्द्र चौधरीलगायतको सहभागिता रहेको थियो । कार्यक्रम अन्तर्गतच नगरको बजार क्षेत्र सार्वजनिक स्थल र कार्यालयका आसपाससम्म संकलित फोहोर व्यवस्थापन, झाडी हटाउने, सडकछेउ सफाइ गरिएको थियो ।

सहभागीहरूले लैंगिक हिंसा अन्त्यका लागि सामाजिक चेतना वृद्धि, समुदाय–प्रहरी सहकार्य तथा स्थानीय सरकारको सक्रियता अपरिहार्य भएको बताएका थिए । १६ दिने अभियानका नियमित कार्यक्रमसँगै यलैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा मलंगवा गरियो, सरसफाइमार्फत जनचेतना
सर्लाही, मंसिर—२० गते । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान–२०८२ लाई समुदायसम्म पु¥याउन मलंगवा नगरपालिकाले शनिवार बिहान बृहत् नगर सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ । हिंसा रोकथामका सन्देशलाई दैनिक जीवनसंग जोड्ने उद्देश्यसहित गरिएको उक्त कार्यक्रले नगरलाई स्वच्छ बनाउन मात्र नभई स्थानीयस्तरमै सचेतना अभिवृद्धि गर्न योगदान पु¥याउने प्रमुख प्रशासकीय अधिकृत नगरपालिका प्रमुख प्रशासकीय अधिकृत होम प्रसाद घिमिरेले बताए ।

शहीद चोकबाट सुरू भएको सरसफाइ अभिया बिच बजार हुँदै नगरपालिकाको कार्यालय परिसरमा पुगेर टुंगिएको थियो। नगर प्रमुख नागेन्द्र प्रसाद यादवको अध्यक्षतामा सञ्चालित कार्यक्रममा सरकारी–गैरसरकारी क्षेत्रका प्रतिनिधिदेखि सुरक्षाकर्मी र स्थानीय बासिन्दासम्मको उल्लेख्य सहभागिता रहेको थियो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रामुराज कडरिया, नेपाल प्रहरी प्रमुख एसपी योगेन्द्र कुमार खड्का, सशस्त्र प्रहरी प्रमुख देवबहादुर चन्द, नगरपालिका प्रमुख प्रशासकीय अधिकृत होम प्रसाद घिमिरे, नागरिक समाज सर्लाहीका महासचिव शिवचन्द्र चौधरीलगायतको सहभागिता रहेको थियो । कार्यक्रम अन्तर्गतच नगरको बजार क्षेत्र सार्वजनिक स्थल र कार्यालयका आसपाससम्म संकलित फोहोर व्यवस्थापन, झाडी हटाउने, सडकछेउ सफाइ गरिएको थियो ।

सहभागीहरूले लैंगिक हिंसा अन्त्यका लागि सामाजिक चेतना वृद्धि, समुदाय–प्रहरी सहकार्य तथा स्थानीय सरकारको सक्रियता अपरिहार्य भएको बताएका थिए । १६ दिने अभियानका नियमित कार्यक्रमसँगै यसप्रकारको सरसफाइ कार्यक्रमले नगरमा सकारात्मक सन्देश पुगेको स्थानीय बताउछन् ।
सप्रकारको सरसफाइ कार्यक्रमले नगरमा सकारात्मक सन्देश पुगेको स्थानीय बताउछन् ।