मिति :२०८२ साल कार्तिक २५ गते, मंगलवार
ई.सं. : ११ नोभेम्बर २०२५
वार : मंगलवार
पक्ष :कृष्णपक्ष
तिथि :षष्ठी तिथि – प्रातः ६:२४ पछि सप्तमी
नक्षत्र : तिष्य नक्षत्र
चन्द्रराशि :कर्कट  ,सूर्यराशि : तुला
शुभ समय:बिहान ७:१५ देखि ९:०० सम्म । राहुकाल: दिउँसो ३:०० देखि ४:३० सम्म

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

तत्काल सानो फाइदा हेर्दा पछि पछुतो लाग्न सक्छ। बेसुरमा आश्वासन नदिनुहोस्। योजना गोप्य राख्दा फाइदा हुनेछ। साझेदारीमा समस्या आउन सक्छ तर परिवारको साथले आत्मबल बढ्नेछ। पछि लाभ हुने काममा लगनशील रहनुहोस्।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

हिम्मत बढ्नेछ र सहयोगीहरूले साथ दिनेछन्। कृषि, व्यापार वा उद्योगमा लाभ हुनेछ। रोकिएका काम बन्नेछन्। शत्रु परास्त हुनेछन्। आम्दानी बढ्ने समय आएको छ। पुरानो श्रमको उचित फल पाइनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

कामको प्राथमिकता नबुझ्दा ढिलाइ हुन सक्छ। खर्च र कर्जा नियन्त्रणमा राख्नुपर्छ। अरूका मामिलामा बढी चासो नदेखाउनुहोस्। विवादास्पद जिम्मेवारीबाट टाढा रहनु हितकर हुनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

कामको अवसर मिल्नेछ तर भेटघाटमा समय बित्ने सम्भावना छ। खानपानमा ध्यान दिनुहोस्। अरूको भरमा नपरी आफ्नै मेहनतले काम गर्नु राम्रो। परिवारमा मिलन र सहयोगका क्षण आउनेछन्।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

खर्च बढ्नेछ। साथीभाइसँग असमझदारी बढ्न सक्छ। आवश्यकताका वस्तु जुटाउन ऋण लिनुपर्ने अवस्था आउन सक्छ। फाइदाका लागि केही त्याग गर्नुपर्नेछ। संयमित रहनुहोस्।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

आम्दानी बढ्नेछ र व्यापारमा सुधार हुनेछ। सञ्चित धन उपयोग गर्दा पनि फाइदा हुनेछ। तर दायित्व बढ्न सक्छ। श्रमको उचित मूल्यांकन हुन समय लागे पनि अन्ततः लाभ हुनेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

पुरुषार्थी काममा सफलता मिल्नेछ। प्रतिष्ठित व्यक्तिसँग सहकार्यको अवसर मिल्नेछ। सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ। व्यापारमा फाइदा र सम्मान दुवै बढ्नेछन्।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

धर्म र परोपकारमा रुचि बढ्नेछ। नयाँ जिम्मेवारी मिल्नेछ। व्यापारमा लाभ हुनेछ। टाढिएका साथीहरू नजिकिनेछन्। भाग्यले साथ दिनेछ र नाम–दाम बढ्नेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

परिबन्ध र अवरोधले काममा ढिलाइ हुन सक्छ। नतिजा अपेक्षाअनुसार नआउला। स्वास्थ्यमा समस्या आउन सक्छ, आहारमा ध्यान दिनुहोस्। गोपनीय विषयहरूमा सतर्क रहनुहोस्।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

आम्दानी बढ्नेछ तर विवादास्पद विषयले समस्या दिन सक्छ। प्रेम सम्बन्धमा असमझदारी आउन सक्छ। सवारी साधन प्रयोग गर्दा सावधानी अपनाउनुहोस्। तर साथीहरूको सहयोगले समस्या समाधान हुनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

कर्मफल शुभ छ। व्यापार वा साझेदारीमा फाइदा हुनेछ। सञ्चित धन उपयोगी हुनेछ। सहयोगीको साथले ठूला काम सम्पन्न हुनेछन्। जीवनशैलीमा सकारात्मक परिवर्तन आउनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

लगनशीलताले सफलता दिलाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ। बुद्धिको प्रयोगले धन र प्रतिष्ठा बढ्नेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। स्थायी फाइदा दिने कार्य प्रारम्भ हुनेछ।