मिति : २०८२ कार्तिक २४ गते सोमवार (९ नोभेम्बर २०२५                                                              तिथि: मार्ग कृष्णपक्ष पञ्चमी (षष्ठी बिहान ८:०४ पछि)
नक्षत्र:पुनर्वशु
चन्द्रराशि: मिथुन

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

दिगो व्यवसाय वा योजनाको तयारी गर्न अनुकूल समय छ। अग्रज र सहयोगीहरूको साथले काम सजिलै अघि बढ्नेछ। मिहिनेतले सोचेको लक्ष्य पुरा हुनेछ र नाम, दाम र इनाम प्राप्त हुनेछ। उद्योग र व्यापारमा विशेष लाभ हुने सम्भावना छ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ, शत्रुहरू परास्त हुनेछन् र प्रतिस्पर्धीहरू पछि हट्नेछन्।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

परिस्थितिवश वचन पूरा गर्न कठिनाइ आउन सक्छ। यद्यपि, तपाईंका बोली र विचारको प्रशंसा बढ्नेछ। बुद्धिको सदुपयोगले विद्या र धन आर्जन हुनेछ। सानो प्रयासले ठूलो उपलब्धि हासिल गर्न सकिनेछ। सहयोगीहरूको साथले रोकिएका काम सम्पन्न हुनेछन्। मिहिनेतको उचित प्रतिफल प्राप्त हुनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

आज रमाइलो र रचनात्मक दिन हुनेछ। नयाँ योजना सुरु गर्न अनुकूल समय छ। सहयोगीहरूको साथले हौसला बढ्नेछ। पहिलेका सफलताले आत्मविश्वास बलियो पार्नेछन्। परिवारका सदस्यसँग भेटघाटको अवसर मिल्नेछ। जीवनशैलीमा सुधार ल्याउने अवसर प्राप्त हुनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आकस्मिक खर्च बढ्नेछ भने आम्दानीका स्रोत केही कमजोर बन्न सक्छन्। लगानी गर्दा सजग रहनुहोस्। फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ने हुन सक्छ। यात्रामा खर्चिलोपन र असुविधा देखिन्छ। छिमेकी वा आफन्तसँग असमझदारी बढ्न सक्छ, संयमित रहनुहोस्।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

दैनिक आवश्यकता पूरा हुनेछन्। मिहिनेतको फल ढिलो भए पनि अवश्य प्राप्त हुनेछ। विगतका कर्मको प्रतिफल पाइनेछ। तर, ध्यान नदिँदा अरूले तपाईंको श्रमको फाइदा लिन सक्छन्। आकस्मिक खर्चले बचतमा असर पार्न सक्छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

नयाँ काम र योजनाले मान–प्रतिष्ठा र लाभ दिलाउनेछ। कर्मक्षेत्रमा गरिएको मिहिनेत सफल हुनेछ। प्रतीक्षित नतिजाले आत्मबल बढाउनेछ। पदासीन व्यक्तिसँग मित्रता वा सहयोग बढ्नेछ। व्यवसायमा पनि स्थायी फाइदा हुनेछ र सम्मान प्राप्त हुनेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

सामाजिक वा प्रतिष्ठित कार्य गरेर धेरैको मन जित्न सकिनेछ। सेवामूलक तथा धार्मिक कार्यमा संलग्न भइनेछ। व्यापार र आयस्रोतमा सुधार आउनेछ। समस्या देखिए पनि सहयोगीहरूको साथले समाधान मिल्नेछ। सफलता र नयाँ अवसरले जीवनशैलीमा परिवर्तन ल्याउनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

स्वास्थ्यमा कमजोरी अनुभव हुन सक्छ। चुनौतीपूर्ण जिम्मेवारी आउन सक्छ, तर संयमित रहनुहोस्। गोपनीयता चुहिनाले समस्या निम्तिन सक्छ। अपिरिचित व्यक्तिमाथि अन्धविश्वास नगर्नुहोस्। खर्च बढ्ने र लेनदेनमा नोक्सान हुने सम्भावना छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

मनोरञ्जन र आनन्दको समय छ। प्रियजनसँगको भेटले उत्साह र उमंग बढाउनेछ। नयाँ परिवेशमा नयाँ साथीहरू भेटिनेछन्। प्रेम सम्बन्धमा गाढापन आउनेछ। पहिलेका दुविधा हट्दै निर्णायक निर्णय लिन सकिनेछ। भौतिक सुविधा जुट्ने सम्भावना छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

चुनौती अँगाल्न तयार रहनुहोस्, आँट र परिश्रमले सफलता दिलाउनेछ। समस्या पन्छाएर अधिकार स्थापना गर्न सकिनेछ। ईर्ष्या गर्नेहरू पछि पर्नेछन्। कर्मयोगले भविष्य उज्यालो बनाउनेछ। रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ र आत्मविश्वास बढ्नेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

मिहिनेत र लगनशीलताले विशेष अवसर दिलाउनेछ। अध्ययन र प्रतियोगितामा सफलता प्राप्त हुनेछ। व्यापारमा लाभ हुनेछ। कृषी तथा पशुपालनबाट पनि फाइदा मिल्नेछ। सन्तानको सहयोगले आत्मबल र उत्साह बढ्नेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

छाती वा श्वाससम्बन्धी समस्या देखिन सक्छ, स्वास्थ्यमा ध्यान दिनुहोस्। हतारमा निर्णय लिनु हानिकारक हुन सक्छ। अरूका लागि काम गर्दा आफ्ना काम रोकिन सक्छन्। बेसुरमा दिइएको वचनले समस्या ल्याउन सक्छ। सानो असमझदारीले सम्बन्ध टाढा पार्न सक्छ। रोकिएका काम पूरा गर्न दोहोर्याएर प्रयास गर्नुपर्ला।