
मिति: २०८२ कार्तिक २१ गते, शुक्रबार (नोभेम्बर ७, २०२५)
तिथि: मार्ग कृष्णपक्ष द्वितीया (१४:३२ पछि तृतीया)
नक्षत्र: कृत्तिका (७:०५ पछि रोहिणी)
चन्द्रराशि: वृष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आत्मबल बढ्नेछ र कार्यक्षेत्रमा सफलता हात पर्नेछ। छोटो समयमा फाइदा लिन सकिनेछ। अध्ययनप्रतिको लगावले बौद्धिक क्षेत्रमा प्रगति हुनेछ। नयाँ अवसरहरू प्राप्त हुनेछन्। व्यापारबाट लाभ मिल्नेछ। अहिले गरिएको मिहिनेतले भविष्यमा बलियो जग बसाउनेछ। व्यावसायिक गति बढ्ने समय छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ। रमाइलो जमघट र स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। कामको सफलताले आत्मबल बढ्नेछ। नयाँ प्रस्ताव आउनेछन् र सहयोगीहरूबाट साथ पाइनेछ। बिछोडिएका आफन्तसँग भेटघाट हुने सम्भावना छ। पहिरनमा ध्यान दिँदा व्यक्तित्व आकर्षक बन्नेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
खर्चको व्यवस्थापनका लागि परिवार वा आफन्तबाट केही दूरी कायम गर्नुपर्ला। केही पाउनका लागि केही त्याग गर्नुपर्ने समय छ। यात्राको योग बनिरहेको छ। रोकिएका काम दोहोर्याएर प्रयास गर्दा सफल बन्नेछन्। आर्थिक कमी भए पनि सापट वा लगानीमार्फत आवश्यकता पूरा गर्न सकिनेछ। व्यवसायमा लगानी बढाउने अवसर प्राप्त हुनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
नयाँ अवसरका साथ आम्दानीका स्रोत फेला पर्नेछन्। नोकरी तथा व्यवसायमा लाभ हुनेछ। आवश्यक भौतिक साधन जुट्नेछन् र नयाँ काम सुरु गर्न सहज हुनेछ। कामले धेरैको मन जित्न सकिनेछ। रुचिका क्षेत्रमा लगानी बढाउने अनुकूल समय छ। सानो लगानीले पनि राम्रो लाभ दिलाउनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
पछिका लागि राम्रो सम्भावना रहे पनि तत्काल अपेक्षित परिणाम नआउन सक्छ। अरूले तपाईंको मिहिनेतको फाइदा उठाउन खोज्न सक्छन्। बुद्धिले निर्णय गर्दा योजनाहरू कार्यान्वयनमा आउनेछन्। सेवामूलक कार्य सफल हुनेछन्। तर अरूको भर पर्नाले काम अधुरो रहन सक्छ। हतार नगरी सोचविचार गरेर अघि बढ्नु बुद्धिमानी हुनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
नयाँ काम सुरु गर्न र भविष्यका लागि सम्भावना खोजी गर्न अनुकूल समय छ। आजको मिहिनेतले भविष्यमा प्रतिष्ठा दिलाउनेछ। साथीभाइको सहयोगले आत्मबल बढ्नेछ। दीर्घकालीन लाभ हुने योजनामा लाग्ने समय हो। सामाजिक जिम्मेवारी बढ्नेछ र समाजका लागि उपयोगी काम गर्न सकिनेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सबैलाई समेटेर काम गर्न नसक्दा योजना अधुरो रहन सक्छ। ईर्ष्या गर्नेहरू सक्रिय हुने सम्भावना छ। अवसरवादीहरूले तपाईंका कमजोरीको फाइदा उठाउने प्रयास गर्न सक्छन्। सानातिना काममै व्यस्त रहनुपर्ला। कामको मूल्यांकन राम्ररी भए पनि प्रतिफल पाउन समय लाग्नेछ। दीर्घकालीन दृष्टिले योजनाबद्ध रूपमा अघि बढ्नु राम्रो हुनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
प्रियजनसँगको भेटघाटले मन प्रशन्न रहनेछ। भौतिक सुख–सुविधा बढ्नेछ र जीवनशैलीमा सुधार आउँनेछ। अतिथिको सत्कार पाइनेछ। खर्च भए पनि मनोरञ्जन र यात्राको अवसर प्राप्त हुनेछ। आम्दानी बढाउने नयाँ काम सुरु गर्न सकिनेछ। प्रेम र मित्रतामा सम्बन्ध गाढा बन्नेछन्।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
चुनौतीपूर्ण जिम्मेवारी पाउँदा अलि दबाब महसुस हुन सक्छ। सम्भावना देखिए पनि परिणाम सन्तोषजनक नहुन सक्छ। सानो गल्तीले हानी पुग्न सक्छ। नयाँ लगानी गर्न केही समय प्रतीक्षा गर्नु राम्रो हुनेछ। अरूको दबाबमा निर्णय गर्दा समस्या आउन सक्छ। पहिलेको उपलब्धि सुरक्षित राख्न सजग रहनुहोस्।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
प्रतिष्ठित काम सम्पन्न गर्ने मौका छ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। फाइदाका नयाँ स्रोत पत्ता लाग्नेछन्। प्रयास गरिएका कामहरू सजिलै सम्पन्न हुनेछन्। सेवामूलक कार्यबाट धनलाभ हुनेछ। स्वास्थ्य सबल रहनेछ। अध्ययनमा प्रगति हुनेछ र ज्ञान निखार्ने अवसर प्राप्त हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
ठूलो फाइदा नहुन सक्छ तर अघिल्ला समस्या सुल्झनेछन्। साझेदारीमा देखिएका विवाद समाधान हुनेछन्। साथीभाइको सहयोगले उत्साह मिल्नेछ। पहिलेको दुविधा अन्त्य भएर निर्णयात्मक मोड लिने समय छ। भौतिक सुविधा जुटाउने अवसर प्राप्त हुनेछ। व्यवसायमा मध्यम लाभ हुनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
बेलैमा सावधानी नअपनाउँदा समस्या आउन सक्छ। समय अनुकूल नहुँदा काममा ढिलाइ हुन सक्छ। मिहिनेत अनुसार प्रतिफल नआउने सम्भावना छ। उठ्नुपर्ने रकम अड्किन सक्छ। व्यवसायमा सामान्य लाभ भइरहनेछ। अरूले तपाईंको श्रमको फाइदा लिन खोज्न सक्छन्, त्यसैले सजग रहनुहोस्। चुनौतीभित्र पनि अवसर खोज्ने समय हो।









