आज २०८२  कार्तिक ११ गते, मंगलवार                                                                                        तिथि: कार्तिक शुक्लपक्ष सप्तमी
नक्षत्र: पूर्वाषाढा (१२:३९ सम्म), त्यसपछि उत्तराषाढा
चन्द्रराशि:धनु (१९:०१ बजेपछि मकर)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आजको दिन नयाँ योजनाको शुरुवात गर्नका लागि अत्यन्तै उपयुक्त रहनेछ। मिहिनेत र लगनशीलताले भविष्यमा नाम, दाम र प्रतिष्ठा दिलाउन सक्छ। साथीभाइ र शुभचिन्तकहरूको सहयोगले हिम्मत बढ्नेछ। सामाजिक काममा रुचि बढ्नेछ र सानो प्रयासले पनि ठूलो उपलब्धि हासिल गर्न सकिनेछ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

स्वास्थ्यमा केही कमजोरी देखिन सक्छ, त्यसैले शरीर र मन दुबैको ख्याल राख्नुहोला। रोकिएका काममा पुनः प्रयास गर्नुपर्ने समय छ। आफ्ना योजना र गोप्य कुरा अरूलाई नबताउनु नै हितकर हुनेछ। आर्थिक पक्षमा अस्थिरता आउन सक्छ, तर धैर्य र संयमले स्थिति सुधार्नेछ। नजिकका मानिसहरूबाट सहयोग प्राप्त हुनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

आज मनोरञ्जन र प्रसन्नताको वातावरण रहनेछ। प्रियजन र साथीभाइसँगको भेटघाटले मनमा उत्साह छाउनेछ। नयाँ सम्बन्ध र अवसरका ढोका खुल्नेछन्। व्यवसाय र आम्दानी बढाउने सम्भावना छ। प्रेम जीवनमा मिठास थपिनेछ र यात्राको योग पनि बलियो छ। बौद्धिक र सिर्जनात्मक काममा सफलता पाइन सक्छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

उत्साह, जोश र आत्मबलले परिपूर्ण दिन हुनेछ। प्रतिस्पर्धा र चुनौतीमा विजय हात लाग्नेछ। अधिकार र प्रभाव स्थापित गर्न सकिनेछ। व्यापार, व्यवसाय र आर्थिक पक्षमा सुधार हुनेछ। शत्रुहरू परास्त हुनेछन् र मिहिनेतले लाभदायक परिणाम ल्याउनेछ। नयाँ काम सुरु गर्न अनुकूल समय छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

भाग्य बलियो रहनाले काममा सफलता प्राप्त हुनेछ। पढाइ, लेखाइ र बौद्धिक क्षेत्रमा प्रगति हुनेछ। छोटो समयमा राम्रो उपलब्धि हासिल गर्न सकिनेछ। व्यापार र पेशामा फाइदा हुने सम्भावना छ। भविष्यका लागि जग बसाउने राम्रो मौका मिल्नेछ। मिहिनेतले नयाँ दिशातर्फ अघि बढ्ने प्रेरणा दिनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

परिवार र आफन्तसँग समय बिताउने दिन हुनेछ। घरायसी काम र जिम्मेवारी बढ्नेछ। हल्ला वा भ्रममा परेर निर्णय नगर्नुहोस्। सहयोगी र साथीहरूसँगको सम्बन्धमा दूरी आउन सक्छ, तर धैर्य राख्दा सुधार सम्भव छ। कृषि, पशुपालन वा घरेलु काममा व्यस्त रहिने सम्भावना छ। निरन्तर प्रयास गर्दा रोकिएका काम बन्नेछन्।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

काममा ढिलाइ र असहयोगको अनुभव हुन सक्छ। सहयोगीहरूले बीचैमा हात झिक्ने सम्भावना छ, त्यसैले आफैं भरोसा गर्नुपर्ला। आर्थिक लेनदेनमा होसियारी अपनाउनुहोस्। केही अवसर गुम्ने जोखिम छ, तर निरन्तर प्रयासले आंशिक सफलता दिलाउनेछ। धैर्य र विवेकले परिस्थिति अनुकूल बनाउन सकिन्छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

अध्ययन, अनुसन्धान र सृजनात्मक कार्यमा प्रगति हुनेछ। मिहिनेत र लगनशीलताले प्रतिष्ठा बढाउनेछ। विगतका कमजोरी सुधार्न मौका मिल्नेछ। धन, सम्मान र कीर्तिमा वृद्धि हुनेछ। व्यापारमा स्थायी लाभ प्राप्त हुने सम्भावना छ। नयाँ सम्झौता र सहकार्यका अवसर मिल्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

रमाइलो जमघट र सामाजिक क्रियाकलापमा सहभागी बन्ने अवसर प्राप्त हुनेछ। आत्मविश्वास बढ्नेछ र विशिष्ट व्यक्तिहरूसँग भेटघाटको योग छ। नयाँ काम सुरु गर्न उपयुक्त समय छ। उपहार वा शुभ समाचार प्राप्त हुन सक्छ। मिहिनेतले ठूलो उपलब्धि हसिल हुनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

कसैको सहयोग र समर्थनले रोकिएका काम अघि बढ्नेछन्। केही पाउनका लागि केही त्याग गर्नुपर्ला। आर्थिक पक्षमा केही चुनौती आउन सक्छ, तर लगानीका नयाँ अवसर पनि देखापर्नेछन्। यात्राको योग बलियो छ। आलस्यले काममा ढिलाइ ल्याउन सक्छ, त्यसैले सक्रिय रहनुहोला।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

मिहिनेतको उचित मूल्य पाउने सम्भावना छ। आम्दानी बढ्नेछ र आत्मविश्वास बलियो हुनेछ। व्यापारमा नयाँ सम्भावना देखिनेछ। तर केही रकम अड्किन सक्छ वा पुरानो समस्या दोहोरिन सक्छ। समयमा सजग रहे स्थायित्व प्राप्त हुनेछ। पुरानो परिश्रमको फल अब हात लाग्ने संकेत छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

कामको बोझ र योजना बीच तालमेल मिलाउन कठिन हुन सक्छ। ईर्ष्या गर्नेहरू सक्रिय हुने सम्भावना छ, त्यसैले सचेत रहनुहोस्। साना-साना काममै व्यस्त रहनुपर्नेछ। दीर्घकालीन योजना बनाएर अघि बढ्दा भविष्यमा ठूलो फाइदा हुनेछ। धैर्य र योजनाबद्धताले सफलता दिलाउनेछ।