
आज कार्तिक १० गते, सोमवारको राशिफल
मिति: २०८२ साल कार्तिक १० गते, सोमवार
तिथि: कार्तिक शुक्लपक्ष षष्ठी
नक्षत्र: मूल (९:१० बजेपछि पूर्वाषाढा)
चन्द्रराशि:धनु
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
मिहिनेतको फलले आत्मविश्वास बढ्नेछ। विशेष अवसर प्राप्त भई प्रसन्नता मिल्नेछ। सहयोगीहरूको साथले काममा उत्साह आउँनेछ। अरूको सहयोगमा जुट्दा पनि आफैंलाई फाइदा हुनेछ। समाजमा प्रशंसायोग्य काम सम्पादन हुनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
शारीरिक कमजोरी र आलस्य महसुस हुन सक्छ। तत्काल आर्थिक लाभ नहुने जिम्मेवारी बढ्ने सम्भावना छ। सामूहिक काम अघि बढाउँदा विचार गरेर निर्णय लिनुहोस्। समस्या देखिए पनि शुभचिन्तकहरूको सहयोगले समाधान आउनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
मनोरञ्जन र हाँसखेलको समय हुनेछ। प्रियजनसँगको भेटले दिन रमाइलो बन्नेछ। आम्दानी बढाउने नयाँ काम प्रारम्भ हुनेछ। प्रेम र मित्रताको बन्धन अझ सुदृढ हुनेछ। व्यवसायिक यात्राको सम्भावना छ। खर्च बढे पनि मन प्रसन्न रहनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कडा मिहिनेतपछि रोकिएका काम बन्नेछन्। आफ्नै प्रयासले अधिकार स्थापित गर्न सकिनेछ। व्यापार वा आर्थिक कामबाट राम्रो फाइदा हुनेछ। प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ। भौतिक साधन जुट्ने र नयाँ योजना सुरु हुने सम्भावना छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सहपाठी र साथीहरूसँग रमाइलो भेटघाट हुनेछ। अध्ययन तथा बौद्धिक कार्यमा प्रगति हुनेछ। प्रतिभाको कदर हुनेछ। कृषी, पेशा वा व्यवसायमा मनग्य लाभ प्राप्त हुनेछ। सन्तान वा अनुयायीको साथले काममा सफलता मिल्नेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
रोकिएका घरेलु कामहरू बिस्तारै बन्नेछन्। हतारको निर्णयले हानि पुर्याउन सक्छ, त्यसैले सोचेर अघि बढ्नुहोस्। दिगो योजना गोप्य राख्दा लाभ हुनेछ। समस्या समाधानको दिशा देखापर्नेछ। मान्यजनको सल्लाहअनुसार चल्दा सफलता मिल्नेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
उपहार प्राप्त हुने र सहयोगीहरूको राम्रो साथ रहने समय छ। रोकिएका काम बन्नेछन्। उद्योग, व्यापार वा नयाँ योजना सुरु गर्न अनुकूल समय छ। प्रतिद्वन्द्वीहरूलाई सजिलै हराउन सकिनेछ। प्रतिष्ठा र सम्मान बढ्नेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आय बढ्नेछ र मान–सम्मान प्राप्त हुनेछ। अध्ययन, वृत्ति वा अवसरका क्षेत्रमा प्रगति हुनेछ। बोलीको प्रभाव बढ्नेछ। दिगो काम सुरु गर्नका लागि समय शुभ छ। चिताएका कामहरू पूरा हुनेछन् र समाजमा सम्मानित स्थान मिल्नेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सहयोगीहरूको साथ प्रशस्त पाइनेछ। नयाँ रचनात्मक कार्य सुरु गर्न सकिनेछ। रमाइलो जमघट र स्वादिष्ट भोजनको अवसर मिल्नेछ। विगतका सफलताले आत्मबल बढाउनेछ। नयाँ प्रस्तावहरू आउनेछन् र धन आर्जनको सम्भावना छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
रोकिएका काम बन्ने भए पनि केही खर्च बढ्ने सम्भावना छ। लामो यात्रा वा वैदेशिक अवसर लाभदायक बन्न सक्छ। दिगो फाइदा दिने काम सुरु हुनेछ। तत्काल फाइदामा ध्यान नदिई भविष्यका अवसरमा लगानी गर्नु उपयुक्त हुनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। मिहिनेतको उचित प्रतिफल पाइनेछ। व्यापारमा थप लगानी गर्नुपरे पनि फाइदा हुनेछ। कठिन परिस्थितिलाई सहज बनाउन सकिनेछ। केही खर्चिएर पनि दीर्घकालीन लाभ प्राप्त हुनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
तारिफयोग्य कामबाट प्रतिष्ठा बढ्नेछ। समाजमा पदीय जिम्मेवारी प्राप्त हुन सक्छ। नसोचेको अवसर मिल्दा मन प्रसन्न हुनेछ। समुदाय वा समूहका लागि फाइदाजनक काम गर्न सकिनेछ। टाढिएका साथी वा आफन्तसँग पुनः भेटघाट हुनेछ।









