आजको राशिफल – २०८२ कार्तिक ७ गते, शुक्रवार
तिथि:कार्तिक शुक्ल तृतीया
नक्षत्र:अनुराधा
चन्द्रराशि:वृश्चिक

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
अरूका काममा समय खर्चिनुपर्नेछ। नयाँ काममा ढिलाइ हुन सक्छ। लेखाजोखा ध्यानपूर्वक राख्नुपर्छ। सहयोगीको साथले काम बन्नेछ र फाइदा उठाउन सकिनेछ।

वृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
दिन रमाइलो र फलदायी रहनेछ। मित्रता र सम्बन्ध प्रगाढ बन्नेछन्। व्यापारमा लाभ र यात्राको अवसर हुनेछ। अध्ययनमा रुचि बढ्नेछ र प्रेमजीवन सुखद रहनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आर्थिक स्रोतहरू बढ्नेछन्। मेहनतले प्रतिस्पर्धा जित्न सकिनेछ। परिस्थितिसँग सम्झौता गरेर पनि लक्ष्यमा पुग्न सकिनेछ। लामो यात्राको सम्भावना छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
काममा प्राथमिकता नदिँदा ढिलाइ हुन सक्छ। अध्ययनमा कठिनाइ आउन सक्छ। गुरुजन र सन्तानको सहयोग उपयोगी हुनेछ। दीर्घकालीन फाइदा दिने काम सुरु हुनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
हडबडीले काम बिग्रन सक्छ। साथीहरू टाढिन सक्छन्। वचनमा असावधानीले समस्या आउन सक्छ। योजना गोप्य राख्नु हितकर हुनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सहयोगीहरूको राम्रो साथ मिल्नेछ। रोकिएका काम बन्नेछन्। व्यापारमा लाभ हुनेछ। आम्दानी बढ्नेछ र विगतका कर्मको प्रतिफल पाइनेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
जटिल कामले समस्या ल्याउन सक्छ। आय भए पनि खर्च अरूका लागि हुने सम्भावना छ। बुद्धि प्रयोग गरेर योजना सफल पार्न सकिनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
खानपान र स्वास्थ्यमा ध्यान दिनुपर्छ। व्यवहारमा संयम राख्नु आवश्यक छ। साना झमेला आउन सक्छन्। आगन्तुकहरूले काम बिगार्न  सक्छन्।

धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
ध्यान नपुर्याउँदा चुनौती आउन सक्छ। खर्च बढ्नेछ र आर्थिक अभाव महसुस हुन सक्छ। ठूलो लगानीमा सानो फाइदा मिल्ने संकेत छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
मेहनतको राम्रो परिणाम प्राप्त हुनेछ। आम्दानी बढ्नेछ र उठ्नुपर्ने रकम हातलागी हुनेछ। सानो लगानीबाट ठूलो नाफा सम्भव छ। अप्ठ्यारा परिस्थिति सहज बन्नेछन्।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
सकारात्मक कर्मफलले मन प्रसन्न रहनेछ। सामाजिक क्षेत्रमा सम्मान र नेतृत्वको अवसर मिल्नेछ। व्यापारमा लाभ हुनेछ र प्रतिष्ठा बढ्नेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
काममा ढिलाइ हुन सक्छ। केही बाध्यात्मक परिस्थिति आउन सक्छ। भविष्यका लागि गरिएको मेहनत फाइदाजनक हुनेछ। व्यापार सामान्य रूपमा चल्नेछ।