
२०८२ कार्तिक ५ गते बुधवार ।
कार्तिक शुक्लपक्ष प्रतिपदा तिथि, १८ः२० बजेपछि द्वितीया।
स्वाती नक्षत्र। आज चन्द्रमा तुला राशिमा रहने छन्।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
व्यवसायिक यात्राको सम्भावना छ। प्रियजनसँगको भेटले मन रमाउनेछ। मनोरञ्जन र घुमफिरमा समय बित्नेछ। नयाँ साधनले जीवनशैलीमा सुधार ल्याउनेछ। खर्च बढ्न सक्छ। साथीहरूको सहयोग मिल्नेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
भौतिक सुविधा जुट्नेछ। चुनौतीमा पनि सफलता मिल्नेछ। शत्रुहरू सहयोगी बन्न सक्छन्। प्रतिष्ठित काम सुरु हुने योग छ। साहसी निर्णय फाइदाजनक हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
बौद्धिक क्षमताको प्रभाव बढ्नेछ। शुभ समाचार प्राप्त हुनेछ। आम्दानी बढ्नेछ। नयाँ काम सुरु गर्न उपयुक्त समय छ। अध्ययनमा प्रगति हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अरूको आश्वासनमा भरोसा नगर्नुहोस। हल्लामा विश्वास गर्दा धोका हुन सक्छ। घरेलु काममा व्यस्तता बढ्नेछ। बलजफ्ती नगर्नुहोस्, काम बिग्रन सक्छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सहयोगीको साथमा काम बन्नेछ। नयाँ काम सुरु हुने सम्भावना छ। व्यापारमा फाइदा हुनेछ। चुनौती पन्छाएर अवसर पाइन सक्छ। समाजमा प्रतिष्ठा बढ्नेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
शुभ समाचारले उत्साह बढ्नेछ। चिताएको काम सजिलै पूरा हुनेछ। आम्दानीका स्रोत बढ्नेछन्। व्यापारमा फाइदा हुनेछ। अध्ययनप्रतिको लगाव बढ्नेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
काम सफल हुनेछ। आफन्तसँग जमघटको अवसर मिल्नेछ। अध्ययनमा रुचि बढ्नेछ। व्यापारमा अवसर देखिनेछ। पुराना सफलताले हौसला दिनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
खर्च बढ्नेछ। यात्राको सम्भावना छ। आफ्नाे कामकाे अरूले श्रेय लिने प्रयास गर्न सक्छन्। छिमेकमा असमझदारी हुन सक्छ। सतर्कता आवश्यक छ। व्यवसायमा लगानी बढ्न सक्छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आयका स्रोत बलियो हुनेछन्। आम्दानीले आत्मविश्वास बढ्नेछ। रोकिएको काम बन्नेछ। नयाँ अवसर देखिनेछ। मिहिनेतले लक्ष्य पूरा हुनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
मिहिनेतले सफलता दिलाउनेछ। नोकरी वा व्यापारमा लाभ मिल्नेछ। सामाजिक सम्बन्ध बलियो बन्नेछ। नेतृत्वको सम्भावना देखिन्छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
नयाँ अवसर खोज्न अनुकूल समय छ। साथीको साथले हिम्मत बढ्नेछ। योजना कार्यान्वयनमा सफलता मिल्नेछ। अध्ययनमा प्रगति हुनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
काम रोकिँदा असहजता हुनेछ। स्वास्थ्यमा ध्यान दिनुपर्छ। व्यावहारिक समस्याले काममा असर पर्न सक्छ। गोपनीयता कायम राख्नुहोला।










