मिति : २०८२ साल कार्तिक ४ गते, मंगलवार
तिथि: कार्तिक कृष्णपक्ष औंसी — १६:२९ पछि प्रतिपदा
नक्षत्र: चित्रा
चन्द्रराशि: कन्या — ९:३८ पछि तुला

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

लगनशीलताले लक्ष्यमा पुग्न सिजलाे बनाउनेछ । प्रतिस्पर्धामा अग्रस्थान प्राप्त हुनेछ। अधिकार र प्रतिष्ठाको रक्षा हुनेछ। दिउँसोदेखि नयाँ अवसरहरू आउनेछन्। रमाइलो व्यापारिक यात्रा र आकर्षक उपहारले उत्साह बढ्नेछ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

बिहान सानातिना समस्याले अलमल पुर्याउन सक्छ। दोहोर्याएर काम गर्नुपर्ने हुन सक्छ। मिहिनेतको प्रतिफल दिउँसोदेखि प्राप्त हुनेछ। प्रतिस्पर्धामा विजयी भइनेछ। यात्रा गर्दा स्वास्थ्यमा सजगता आवश्यक छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

अरूको काममा अल्झिने समय छ। आफ्नै नजिकका व्यक्तिबाट धोका हुन सक्छ। साझेदारसँग असमझदारी बढ्न सक्छ। दिउँसोपछि मित्रता र व्यवहारमा सन्तुलन आवश्यक पर्न सक्छ। स्वास्थ्य र खानपानमा ध्यान दिनुहोला।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

बिहानको समय कामकाजका लागि अनुकूल रहला। प्रतिस्पर्धामा सफलता मिल्नेछ। व्यवसायमा फाइदा हुनेछ। दिउँसोदेखि एक्लोपनाले असर पुर्याउन सक्छ। साना व्यवसायिक समस्याले दौडधूप बढाउन सक्छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

बिहान आत्मबलमा कमी महसुस हुन सक्छ। निर्णय गर्दा सजगता अपनाउनुहोस्। दिउँसोदेखि नयाँ योजना र व्यवसायमा सफलता मिल्नेछ। रोकिएको काम अगाडि बढ्नेछ। उपहार र सहयोग पाइनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

सम्भावना हुँदाहुँदै पनि ढिलासुस्तीले अवसर गुम्न सक्छ। अरूका लागि गरिएको मिहिनेतको प्रतिफल आफूले नपाउने देखिन्छ। स्वास्थ्यमा असर पर्न सक्ने भएकाले विशेष ध्यान दिनुहोला। फल पाउन धैर्य अपनाउनुहोस्।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

अरूको बहकाउमा परिए खर्च बढ्न सक्छ। प्रयास जारी राख्नुपर्नेछ। विदेश जाने योजनामा प्रगति हुनेछ। दिउँसोपछि सम्बन्धमा सुधार आउनेछ। पारिवारिक भेटघाट र स्वादिष्ट भोजनको अवसर मिल्नेछ। नयाँ प्रस्ताव पनि आउन सक्छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

बिहानको समय लाभदायक रहनेछ। व्यवसाय र साझेदारीमा फाइदा मिल्नेछ। जिम्मेवारी बढ्न सक्छ। दिउँसोदेखि केही समस्या देखिए पनि दौडधूपले समाधान मिल्नेछ। खर्चमा नियन्त्रण राख्नु बुद्धिमानी हुनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

आफ्नो क्षेत्रमा प्रतिष्ठा, इनाम र अवसर प्राप्त हुने समय छ। प्रभावशाली व्यक्तिसँग मित्रता बढ्नेछ। दिउँसोदेखि गुमेको सम्मान फिर्ता आउनेछ। नयाँ आम्दानीका स्रोत खुल्नेछन्। प्रयासले प्रशंसा, अवसर र उन्नति दिलाउनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

बिहान अरूका समस्यामा अल्झनु परे पनि दिउँसोपछि स्थिति अनुकूल बन्छ। आध्यात्मिक चेतनाले प्रेरणा दिनेछ। सामाजिक कार्यमा संलग्नताले प्रतिष्ठा मिल्नेछ। भविष्यका लागि योजना बनाउने समय छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

स्वास्थ्य र खर्चमा सावधानी आवश्यक छ। समस्या देखिए पनि बौद्धिक क्षमताले समाधान सम्भव छ। दिउँसोपछि अवस्था अनुकूल बन्दै जानेछ। लगनशीलताले सानो भए पनि उपलब्धि दिलाउनेछ। दीर्घकालीन योजना बनाउन उपयुक्त समय छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

बिहान रमाइलो यात्रा र उपहार प्राप्ति हुनेछ। तारिफयोग्य काम हुनेछ। दिउँसोपछि केही बाधा देखिन सक्छ। उपलब्धि अपेक्षा अनुसार नहुन सक्छ। आहारविहारमा ध्यान दिनुहोला। लापरवाहीले कर्मफल अरूले लिने सम्भावना छ।