आज २०८२ असोज २५ गते शनिवार, ११ अक्टोबर २०२५। कार्तिक कृष्णपक्ष पञ्चमी तिथि। रोहिणी नक्षत्र। आज चन्द्रमा वृष राशिमा रहेका छन् ।

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
पेसा–व्यवसायमा सामान्य फाइदै हुनेछ।  काम रोकिन सक्छ।  आक्समिकरूपमा प्राप्त धन  तत्काल खर्चनुपर्ला। परिस्थिति सबल नदेखिए पनि मिहिनेतले आशा जगाउनेछ। शुभचिन्तकहरूको साथ र बुद्धिको उपयोगले  काम सहज बनाउन सकिनेछ।

वृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
खानपानको असावधानीले स्वास्थ्य प्रतिकूल बन्न सक्छ।  व्यस्त रहनु पर्ने छ ।  परिस्थिति अनुकूलै देखिए पनि काम बिग्रने डरले सताउनेछ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। लगनशीलताले फाइदा दिलाउनेछ। रोकिएको काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
इच्छाविपरीत काम गर्नुपर्ला। आकस्मिक खर्च बढ्नाले अर्थ अभाव देखापर्न सक्छ।  पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। उधारोमा व्यापार गर्नुपर्ला। समय दिन नसक्दा अध्ययनमा पछि परिनेछ। आफन्तबाट टाढिनुपर्ने परिस्थिति आउन सक्छ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
श्रमको उचित मूल्यांकन भए पनि प्रतिफल तत्कालै प्राप्त नहुन सक्छ।केही रकम हातलागी भए पनि तत्काल खर्चनुपर्ने स्थिति आउन सक्छ।  भएको आम्दानी र सञ्चित रकम समेत खर्चनुपर्ला। आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुट्न सक्छ।


सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
दिगो फाइदा हुने योजना कार्यान्वयन गर्न सकिनेछ।  आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। सामाजिक दायित्व बढ्नेछ। सानो प्रयत्नले समाजका लागि धेरै फाइदा हुने काम सम्पादन गर्न सकिनेछ।

कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
अरूका लागि बुद्धि खर्चनुपर्ला।  नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ने हुनसक्छ। शारीरिक कमजोरीले चिन्ता बढाउनेछ । आफ्ना विषयमा पनि अरूले दाबी गर्न सक्छन्। लगनशीलताले मात्र संकल्प पूरा गर्न सकिनेछ। तर समाजसेवामूलक काम सम्पादन गर्न सकिनेछ।

तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समस्या दर्साउँदा सहयोगी फेला पर्नेछन्।  स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ। नसोचेको अवसरले जिम्मेवारी दिलाउन सक्छ।  मित्रताले दिगो लाभ दिलाउने छ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु)
विशेष उपहार प्राप्त हुन सक्छ।  सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। प्रियजनसँगको सान्निध्यले दिन रमाइलो रहनेछ। अध्ययन, लेखन तथा मनोरञ्जनमा समय बित्नेछ। चिताएको काम सजिलै सम्पादन हुनेछ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ।


धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
चुनौती चिर्दै काम बनाउन सकिनेछ।  प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ भने द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। स्वास्थ्य सबल रहनेछ भने शत्रुहरू परास्त हुनेछन्। व्यापारलगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
गुरुजनको सुझाव र सहयोगबाट विशेष लाभ हुनेछ।  लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ। पढाइलेखाइमा प्रगति हुनेछ। प्रतिभा प्रदर्शन गर्दै अवसर प्राप्त गर्ने समय छ। प्रयत्न गर्दा लक्ष्य प्राप्त हुने छ । फाइदाको स्रोत पहिल्याउन सकिनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
रोकिएका काम दोहोर्याउनुपर्ला। कामको अवसर प्राप्त भए पनि तत्काल प्रतिफल हातलागी नहुन सक्छ। पहिलेका सम्झौता तोड्नुपर्ने परिस्थिति आउन सक्छ। साथीभाइसँग पनि असमझदारी बढ्ने देखिन्छ। काममा अरूको भर नपर्नुहोला। आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन्।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
रोकिएका काम बन्नुका साथै नयाँ काम सुरु गर्ने समय छ। शत्रुहरू परास्त हुनेछन् र प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ। पेसा–व्यवसायमा सहयोगीहरूले राम्रो साथ दिनेछन्। कृषि र उद्योगतर्फ मनग्य फाइदा उठाउन सकिनेछ। आम्दानी बढ्नेछ। विगतका कर्मको उचित प्रतिफल पाइनेछ।