लालबन्दी, असोज— ११ गते ।नेपाल विद्युत प्राधिकरण, लालबन्दी वितरण केन्द्रले एक सूचना जारी गर्दै (आज) असोज ११ गते शनिबार हरीपुर सबस्टेशनमा मर्मत कार्यका लागि विद्युत आपूर्ति अवरुद्ध हुने जनाएको छ ।

प्राधिकरणका अनुसार, हरीपुरस्थित ६ र ८ एमभीए क्षमताका पावर ट्रान्सफर्मरहरूको आयल फिल्टर गर्नुपर्ने भएकाले आज बिहान १०ः०० बजेदेखि साँझ ४ः०० बजेसम्म विद्युत सटडाउन गरिनेछ । मर्मत कार्यको कारण ईश्वरपुर, पच्गछिया, पुर्णवास, हरीपुर र बरहथवा फिडर अन्तर्गतका सम्पूर्ण लाइनहरू प्रभावित हुनेछन्।


त्यस्तै, हरीवन फिडरमा बुस कटिङ्ग कार्य पनि गरिने भएकाले हरीवन नगरपालिका र बागमती नगरपालिकाका सम्पूर्ण क्षेत्रमा समेत विद्युत सेवा अवरुद्ध रहने प्राधिकारणले जनाएको छ ।

प्राधिकरणले उपभोक्ताहरूलाई हुने असुविधाप्रति क्षमायाचना गर्दै मर्मत कार्य तोकिएको समयभन्दा अगाडि सम्पन्न भएमा सेवा समयअघि नै सुचारु गरिने जानाएको छ ।


प्राधिकरणले मर्मत कार्यलाई दिगो, सुरक्षित र भरपर्दो विद्युत आपूर्ति सुनिश्चित गर्ने लक्ष्यसहितको आवश्यक प्रक्रिया भएको भन्दै उपभोक्ताहरूको सहयोग र धैर्य गर्न आग्रह गरेको छ।