
काठमाण्डौ. असोज —२ गते । जनमत पार्टीका आधा दर्जनौँ नेताहरुले अध्यक्ष सीके राउत र पार्टी शीर्ष नेतृत्वले देखिएको व्यवहारप्रति असन्तुष्टि जनाउँदै आजैबाट पार्टी छाड्ने घोषणा गरेका छन् । उनीहरुले सामुहिक राजीनामा दिदै साधारण सदस्य समेत नरहने घोषण गरेका हुन् ।

नेताहरुको राजीनामा पार्टी नेतृत्वको “अहंकार”, “अपमान” र “पारिवारिक चरित्र”रहेकोे आरोपसहित आएको छ । नेतृत्वमा आत्म–आलोचना सहित नेतृत्व परिवर्तन आवश्यक रहेको उनीहरुको ठाहर छ । अध्यासंग गरिएका माग र अल्टिमेटमलाई उपेक्षा गरिएको र जेन्जी पुस्ताले बगाएको रगतको अपमान भएको उनीहरुको भनाइ छ ।

पार्टीबाट राजीनामामा दिने नेताहरुमा ,वरिष्ठ उपाध्यक्ष अब्दुल खान, केन्द्रिय प्रवक्ता डा. शरद सिंह यादव, केन्द्रिय संयोजक, जनमत युवा संघ संजय कुमार यादव, केन्द्रिय संयोजक, जनमत स्वास्थ्यकर्मी संघ सि.के. सिंह, वरिष्ठ प्रदेश इन्चार्ज, सुदूरपश्चिम प्रदेश राजाराम चौधरी र राष्ट्रिय परिषद सदस्य तथा केन्द्रिय सदस्य विक्रम बहादुर बम रहेका छन्।

उनीहरुले जनभावना र नयाँ पुस्ताको चाहनाअनुसार राजनीति गर्ने, पद–स्वार्थमा नलाग्ने राजिननमा पत्रमा उल्लेख गरेका छन् ।









