आज २०८२ भदौ २९ गते आइतवार, १४ सेप्टेम्बर २०२५। आश्विन कृष्णपक्ष सप्तमी तिथि, ८ः४४ बजेपछि अष्टमी। रोहिणी नक्षत्र, १३ः०९ बजेपछि मृगशिरा।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
कार्यक्षेत्रमा कार्यको चापबाट फुर्सद पाइनेछ। सञ्चित रकम खर्च गर्नुपर्ला। व्यापारलाई लिएर गरिएको यात्रा लाभदायी रहनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ६ रहेको छ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
साहसिक कार्य गर्ने समय रहेको छ। कला वा साहित्यको क्षेत्रमा रुचि बढ्नेछ। परिवारको साथ र सहयोग मिल्नाले मनोबलमा वृद्धि हुनेछ। आजको शुभ रंग हल्का हरियो हो भने शुभ अंक ४ रहेको छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आकस्मिक समस्याले धन अभाव देखापर्न सक्छ। आवश्यक परेका बेला शुभचिन्तकसमेत टाढा हुनेछन्। बेलैमा होस नपुर्याउँदा केही चुनौती झेल्नुपर्ला। लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउला। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आफ्नो क्षेत्रमा नाम र दाम कमाउने समय छ। शुभचिन्तकहरूको सहयोग जुट्नाले मनग्य फाइदा हुनेछ। कर्मयोगले आम्दानी समेत बढाउनेछ। प्रयत्न गर्दा लक्ष्य प्राप्तिका साथै दिगो काम प्रारम्भ हुनेछ। फाइदाको स्रोत पहिचान गर्न सकिनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
लगनशीलताले अध्ययनमा प्रगति हुनेछ। अनुभवलाई निखार्ने समय रहेको छ। पिताको सहयोग मिल्नेछ। सेवामूलक कामले समाजमा प्रतिष्ठित गराउनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
चिताएका काममा सोचेजस्तो सफलता मिल्नेछ। पहिलाको उपलब्धिले नयाँ कार्यमा थप उत्साह जाग्नेछ। युवाहरूलाई शिक्षामा नयाँ अवसर मिल्नेछ। आजको शुभ रंग हल्का रातो हो भने शुभ अंक ४ रहेको छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
तत्काल फाइदा नहुने काममा जुट्नुपर्ला। परिबन्धले चुनौती निम्त्याउन सक्छ। ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला। तत्काल फाइदा नभए पनि पछिका लागि स्रोत पहिचान गर्न सकिनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। विशेष उपहार प्राप्त हुन सक्छ। प्रियजनसँग रमाइलो भेट रहनेछ। अध्ययन, लेखन तथा मनोरञ्जनमा समय बित्नेछ। भौतिक साधन जुट्नेछन्। व्यापारमा आम्दानी बढाउन सकिनेछ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आफन्त वा साथीभाइहरूबाट टाढिनुपर्ला। यहाँको मेहनतमा अरुले फाइदा उठाउन सक्छन्। बुद्धिको उपयोगले परिस्थितिलाई अनुकूल बनाउन सकिनेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ८ रहेको छ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
खर्च बढ्नुका साथै अर्थको अभावले सताउन सक्छ। विवादबाट टाढा रहनुहोस्। आफन्तहरूको मध्यमा रमाइलो समय व्यतीत हुनेछ। यात्राको रूपरेखा निर्माण हुनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।
कुम्भ(गु, गे, गो, सा, सि, सु, से, सो, द)
नयाँ काममा हात हाल्ने समय छ। केही संघर्ष गर्नुपरे पनि फाइदा उठाउन सकिनेछ। साथीभाइले साथ दिनेछन्। मान्यजनको सुझाव शिरोधार्य गर्नुहोला। आफ्ना कमजोरीबाट फाइदा उठाउनेहरू भने सक्रिय रहनेछन्। उपलब्धि जोगाउन अलि सावधान रहनुहोला।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
मिहिनेत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ। मिहिनेत गर्दा उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ। कृषिकर्म अथवा कुनै व्यावसायिक कामको योजना प्रारम्भ गर्न सकिनेछ।