राशिफल नेपाली

आज २०८२ भदौ २७ गते शुक्रवार, १२ सेप्टेम्बर २०२५। आश्विन कृष्णपक्ष पञ्चमी तिथि, १३ः३४ बजेपछि षष्ठी। भरणी नक्षत्र, १६ः२५ बजेपछि कृत्तिका।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

दिन आलस्यमय रहन सक्छ। समयलाई आफ्नो अनुकूल बनाउन सकिनेछ। आर्थिक पक्ष सामान्य रहनेछ। कार्यक्षेत्र र व्यापार व्यवसायमा इष्टमित्रहरूको सहयोग मिल्ला। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
सोचविचार गरेर बोल्दा राम्रो रहनेछ । समय वा परिस्थितिले गर्दा आफन्तबाट टाढिनुपर्ला। विद्यार्थीहरूको तर्कशक्तिमा वृद्धि हुनेछ। बच्चाहरूलाई बिमारीबाट जोगाउनुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।