राशिफल नेपाली

आज २०८२ भदाै १८ गते बुधवार, ३ सेप्टेम्बर २०२५। भाद्र शुक्लपक्ष एकादशी तिथि। पूर्वाषाढा नक्षत्र। चन्द्रराशि धनु।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आजको दिन सामान्य रहेको छ। मातापिता र आफन्तहरुसँग मनोरञ्जनात्मक समय बित्नेछ। छोटो दूरीको व्यावसायिक यात्राको योग रहेको छ। धर्म कर्ममा मन लाग्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ८ रहेको छ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
मनमा चिन्ता बढ्नुका साथै टाउको दुख्ने समस्याले सताउन सक्छ। आफन्तहरूबाट सोचेजस्तो सहयोग नपाइएला। राजनीतिक क्षेत्रमा झुटो आरोप प्रत्यारोप लाग्ने सम्भावना रहेको छ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।