लालबन्दी, भदौ- ८ गते ,राजयोगिनी प्रकाशमणि दादिजीको १८ औं पुण्यतिथि तथा विश्व बन्धुत्व दिवसको अवसरमा (भोलि) भदौ ९ गते, सोमवार, सर्लाहीको लालबन्दीमा रक्तदान कार्यक्रम आयोजना गरिने भएको छ।
ब्रह्मकुमारी राजयोग सेवा केन्द्र, स्वदर्शन भवन, लालबन्दी–७ सर्लाहीकाे आयोजना कार्यक्रम आयोजना गर्न लागेको हाे।


बिहान ९:०० बजेदेखि बेलुकी ४:०० बजेसम्म सेवा केन्द्र ॐ शान्ति चौक, ग्लोबल बैंकको पछाडिको परिसरमा उक्त कार्यक्रम सञ्चालन गरिने आयाेजक संस्थाले जनाएको छ ।
“रक्तदान गर्नु भनेको केवल जीवन बचाउनु मात्र नभई, आशा, प्रेम र मानवताको उज्यालो फैलाउनु हो” भन्ने नाराका साथ कार्यक्रमको आयोजना गरिएको हो।


यस सेवामूलक कार्यमा सहभागी भई मानवताको भावना देखाउन सम्पूर्ण नगरवासी, युवायुवती, संघ–संस्था तथा इच्छुक रक्तदाताहरूलाई आयोजक संस्थाले अपिल गरेको छ।
कार्यक्रममार्फत सामाजिक सद्भाव, सेवा भावना र बन्धुत्वको सन्देश फैलाउने उद्देश्य राखिएको छ। सानो योगदानले कसैको जीवनमा ठूलो परिवर्तन ल्याउन सक्ने भएकाले सहभागिता जनाउन आयाेजक संस्थाले अपिल गरेको हाे ।


रक्तदानको माध्यमबाट अरूको जीवनमा आशा जगाउन सकिने विश्वासका साथ कार्यक्रमलाई भव्य र सफल बनाउन आवश्यक सबै तयारीहरू पूरा भइसकेको आयाेजक संस्थाले जनाइएको छ।