Facebook Twitter VKontakte Youtube
Sign in
  • गृहपृष्ठ
  • समाचार
  • राजनिति
  • समाज
  • शिक्षा / स्वास्थ्य
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • विचार / दृष्टिकोण
  • YOUTUBE
Sign in
Welcome!Log into your account
Forgot your password?
Password recovery
Recover your password
Search
  • Sign in / Join
Facebook Twitter VKontakte Youtube
Sign in
Welcome! Log into your account
Forgot your password? Get help
Password recovery
Recover your password
A password will be e-mailed to you.
chiyocharcho Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनिति
  • समाज
  • शिक्षा / स्वास्थ्य
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • विचार / दृष्टिकोण
  • YOUTUBE
Home कृषि गोडैतामा कृषि तथा पशुपन्छी सेवा केन्द्र स्थापना,नगरप्रमुखले गरे उद्घाटन 
  • कृषि
  • मुख्य समाचार
  • राजनिति
  • विज्ञान प्रविधि
  • शिक्षा / स्वास्थ्य
  • समाचार
  • समाज

गोडैतामा कृषि तथा पशुपन्छी सेवा केन्द्र स्थापना,नगरप्रमुखले गरे उद्घाटन 

By
चियोचर्चो खबर
-
August 23, 2025
0
Facebook
Twitter
Pinterest
WhatsApp
    मनाेन यादव /सर्लाही
    भदौ- ६, सर्लाहीको गोडैता नगरपालिका–९ बकैनियामा आधुनिक सुविधा सम्पन्न कृषि तथा पशुपन्छी सेवा केन्द्र स्थापना गरिएको छ।
    ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना अन्तर्गत विश्व बैंकको २ करोड २५ लाख रुपैयाँको सहयोगमा बनेको उक्त भवनलाई शुक्रबार एक विशेष समारोहका बीच आर्थिक करिडोर कार्यालय बर्दिबासले औपचारिक रूपमा नगरपालिकालाई हस्तान्तरण गरेको हो।
    समारोहका प्रमुख अतिथि नगरप्रमुख देवेन्द्र यादवले सेवा केन्द्रको उद्घाटन गर्दै यसले किसान र पशुपालकलाई गाउँमै सहज र गुणस्तरीय सेवा उपलब्ध गराउने विश्वास व्यक्त गरे।
    उनले आइतवारदेखि नियमित रुपमा कृषक तथा पशुपालकहरूले सेवा पाउने व्यवस्था हुने जानकारी दिए। आर्थिक करिडोर कार्यालय बर्दिबासका प्रमुख राजेश साहका अनुसार सेवा केन्द्रमार्फत कृषकले माटो परीक्षण, खेतीपातीका प्राविधिक सल्लाह, रोग–कीराको नियन्त्रण सम्बन्धी मार्गदर्शनलगायतका सेवा प्राप्त गर्न सक्नेछन्।
    त्यस्तै, पशु प्राविधिकमार्फत बिरामी पशुचौपायाको औषधोपचार, कृत्रिम गर्भाधानसहितका सेवा पनि उपलब्ध गराइने उनले बताए। नगरप्रमुख यादवले यहाँका अधिकांश स्थानीयवासी कृषि र पशुपालनमै निर्भर रहेकोले गाउँमै आवश्यक सेवा उपलब्ध गराउनका लागि यो केन्द्र स्थापना गरिएको बताए।
    उद्घाटन कार्यक्रममा नगरपालिकाका उपप्रमुख, सबै वडाध्यक्ष, कृषि तथा पशु प्राविधिक, आर्थिक करिडोर बर्दिबासका अधिकारी, कर्मचारी, किसान तथा पत्रकारहरुको उल्लेख्य उपस्थिति रहेको थियो।
    • TAGS
    • उद्घाटन
    • कृषि
    • गोडैता
    • पशुपन्छी
    Facebook
    Twitter
    Pinterest
    WhatsApp
      Previous articleआज कुशेऔँसी, बुबाको मुख हेर्ने दिन : मोती जयन्ती
      Next articleपर्सामा खेतबाट ५४ किलो चरेस बरामद
      चियोचर्चो खबर

      RELATED ARTICLESMORE FROM AUTHOR

      मुख्य समाचार

      सर्लाहीमा उच्च हावाहुरीको चेतावनी: घरबाहिर ननिस्कन प्रशासनको आग्रह

      मुख्य समाचार

      राष्ट्रपतिसमक्ष सर्वोच्च अदालतसहित तीन निकायले गरे, वार्षिक प्रतिवेदन पेश

      मुख्य समाचार

      गगन थापाले अघि सारे पार्टीभित्र ‘ग्रान्ड रिफर्म’ योजना

      भरखरै प्राप्त

      सर्लाहीमा उच्च हावाहुरीको चेतावनी: घरबाहिर ननिस्कन प्रशासनको आग्रह

      April 4, 2026

      राष्ट्रपतिसमक्ष सर्वोच्च अदालतसहित तीन निकायले गरे, वार्षिक प्रतिवेदन पेश

      March 25, 2026

      गगन थापाले अघि सारे पार्टीभित्र ‘ग्रान्ड रिफर्म’ योजना

      March 24, 2026

      बरहथवामा ‘TVS स्मार्ट एक्सचेन्ज मेला’ सुरु हुँदै

      March 22, 2026

      जनताद्वारा अभिव्यक्त राष्ट्र निर्माणको दायित्व पूरा गर्न राष्ट्रपतिको आह्वान

      March 21, 2026

      सम्पर्क

      • मुख्य कार्यालय : लालबन्दी न. पा ९ ,सर्लाही
      • Email: chiyocharchokhabar@gmailcom

      हाम्रो वारे

      • सञ्चालक / प्रधान सम्पादक :
      • कृष्ण थपलिया, 9854025733
      • सम्पादक : नवीन उप्रेती

      संस्था दर्ता

      • सूचना तथा प्रसारण विभाग दर्ता नम्बर : ४६३५-२०८१/२०८२